Kathmandu Press

छानबिन समिति बनाउन प्रधानमन्त्री सकारात्मक : एमाले प्रमुख सचेतक गिरी

आइतबार संसद अवरोध हटाउन प्रधानमन्त्रीको आह्वानमा बसेको सर्वदलीय बैठकपछि पत्रकारहरुसँग कुरा गर्दै उनले छानबिन समिति गठन गर्न प्रधानमन्त्रीलगायत सत्तापक्ष सकारात्मक भएको बताएका हुन्। 
छानबिन समिति बनाउन प्रधानमन्त्री सकारात्मक : एमाले प्रमुख सचेतक गिरी

काठमाडौं, भदाै ३ : नेकपा एमालेका प्रमुख सचेतक पदम गिरिले उच्चस्तरीय छानबिन समिति बनाउन प्रधानमन्त्री सकरात्मक रहेको बताएका छन्। 

आइतबार संसद अवरोध हटाउन प्रधानमन्त्रीको आह्वानमा बसेको सर्वदलीय बैठकपछि पत्रकारहरुसँग कुरा गर्दै उनले छानबिन समिति गठन गर्न प्रधानमन्त्रीलगायत सत्तापक्ष सकारात्मक भएको बताएका हुन्। 

उनले भने, ‘प्रधानमन्त्रीलगायत सत्ता पक्ष अरु समितिले पनि उच्च स्तरिय छानबिन समिति बनाउदा खेरी सिआईविको अनुसन्धान प्रभावकारी हुन्छ कि भन्ने दृष्टिकोण छ उनको। यस विषयमा छलफल गर्ने र उच्च स्तरिय छानबिन समिति बनाउने कुरामा हामी सकारात्मक छौं भन्नुभएको छ।’ 

उनले सुन तस्करी  धेरै ठुलो घटना र देशको अथृतन्त्रलाई गम्भीर प्रभाव पार्ने खालको विषय भएको बताएका छन्। राष्ट्रिय स्वाभिमानमाथि प्रश्न उठ्ने खालको घटना भएकाले उच्चस्तरीय छानबिन समितिबाहेक विकल्प हुनै नसक्ने उनको भनाइ छ।  

प्रकाशित मिति: १५:५६ बजे, आइतबार, भदौ ३, २०८०
NTCNTC
Jaga shaktiJaga shakti
प्रतिक्रिया दिनुहोस्