Kathmandu Press

प्रतिनिधिसभाको बैठक बस्दै नबसी स्थगित, अर्काे बैठक मंगलबारलाई बाेलाइयाे

प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ले बोलाएको बैठकमा दलहरूबीच सहमति जुट्रन नसकेपछि आज १ बजेका लागि बोलाएको बैठक बस्दै नबसी स्थगित भएको हो।
प्रतिनिधिसभाको बैठक बस्दै नबसी स्थगित, अर्काे बैठक मंगलबारलाई बाेलाइयाे

काठमाडौं, भदाै ३ : प्रतिनिधिसभाको आज १ बजेका लागि बोलाएको बैठक बस्दै नबसी स्थगित भएको छ।

प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ले बोलाएको बैठकमा दलहरूबीच सहमति जुट्रन नसकेपछि आज १ बजेका लागि बोलाएको बैठक बस्दै नबसी स्थगित भएको हो।

संसद सचिवालयको महासचिव भरतराज गौतमले एक सूचना जारी गर्दै मंगलबार ३ बजेसम्मका लागि बैठक स्थगित भएकाे जनाएका हुन्।

प्रधानमन्त्री दाहालले बैठक दुई दिन सार्न सभामुख देवराज घिमिरेसमक्ष अनुरोध गरेको र साेहीबमाेजिम मंगलबारका लागि बैठक बाेलाइउकाे बताइएकाे छ।

सुन तस्करी प्रकरणामा उच्चस्तरीय छानबिन समिति वा आयाेग बनाउनुपर्ने माग गर्दै एमालेले साउन १० गतेदेखि सदन अवरूद्ध गर्दै आएकाे छ।

शीर्ष नेताहरूकाे बैठक सहमतिनजिक पुगेकाे र अन्तिम निष्कर्षाका लागि भाेलि (साेमबार) फेरि बैठक बस्ने एक नेताले बताए।

प्रकाशित मिति: १५:१३ बजे, आइतबार, भदौ ३, २०८०
NTCNTC
Jaga shaktiJaga shakti
प्रतिक्रिया दिनुहोस्