Kathmandu Press

प्रधानमन्त्री दाहालले बोलाएको बैठक बिनानिष्कर्ष टुंगियाे

अवरुद्ध सदन सञ्चालनका लागि पहल गर्न प्रधानमन्त्री दाहालले राष्ट्रिय दलका शीर्ष नेताहरूको बैठक बोलाएका थिए।
प्रधानमन्त्री दाहालले बोलाएको बैठक बिनानिष्कर्ष टुंगियाे

काठमाडौं, भदौ ३ : प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ले संसदको गतिरोध अन्त्यका लागि भन्दै बोलाएको बैठक निष्कर्षविहीन बनेको छ।
 
सुन तस्करीबारे छानबिन गर्न उच्चस्तरीय समिति बनाउनुपर्ने माग गर्दै प्रमुख प्रतिपक्षी एमालेले साउन १० देखि संसद अवरुद्ध गर्दै आएको छ। बैठकमा एमालेका तर्फबाट प्रमुख सचेतक पदम गिरी सहभागी थिए।

अवरुद्ध सदन सञ्चालनका लागि पहल गर्न प्रधानमन्त्री दाहालले राष्ट्रिय दलका शीर्ष नेताहरूको बैठक बोलाएका थिए।

सिंहदरबारमा भएको छलफलमा एमालेले सुन तस्करीको छानबिनका लागि उच्चस्तरीय आयोग गठन गर्नैपर्ने मागलाई कायमै राखे।

बैठकमा उपप्रधान एवं गृहमन्त्री नारायणकाजी श्रेष्ठले आयोग वा समिति बन्दा नेपाल प्रहरीको केन्द्रीय अनुसन्धान ब्युरो (सिआइबी) ले गरिरहेको अनुसन्धान प्रभावित हुन सक्ने बताए। 

सिआइबीले पाएको समय अब १५ दिनमात्रै बाँकी रहेकाले गृहमन्त्रीले मागेको समयभित्र सहमति जुटाउने प्रयास भइरहेको बताइएकाे छ। बैठकमा सहभागी एक नेताले बैठक भोलि बस्ने र सहमति जुट्ने विश्वास व्यक्त गरे।

एमालेले सुन तस्करी प्रकरणमा उच्चस्तरीय छानबिन समितिको अडानसहित साउन १० गतेबाट निरन्तर बैठक अवरुद्ध गर्दै आएको छ।

प्रकाशित मिति: १५:०४ बजे, आइतबार, भदौ ३, २०८०
NTCNTC
Jaga shaktiJaga shakti
प्रतिक्रिया दिनुहोस्