Kathmandu Press

सांसद शर्माले सदनमा सरकारलाई आतंककारी भनेर दिएको अभिव्यक्ति रेकर्डबाट हटाउन माग

सभामुख देवराज घिमिरेले आइतबार दलका प्रमुख सचेतकहरुसँग छलफल गर्ने क्रममा माओवादी प्रमुख सचेतक हितराज पाण्डेले सांसद शर्माको अभिव्यक्ति संसदको रेकर्डबाट हटाउनुपर्ने माग गरेका हुन्।
सांसद शर्माले सदनमा सरकारलाई आतंककारी भनेर दिएको अभिव्यक्ति रेकर्डबाट हटाउन माग

काठमाडौं, भदौ ३ : माओवादी केन्द्रले कांग्रेस सांसद सुनील शर्माले साउन २९ गतेको प्रतिनिधिसभा बैठकमा सरकारलाई आतंककारी भनेर दिएको अभिव्यक्ति असंसदीय रहेको भन्दै त्यसलाई हटाउनुपर्ने माग गरेको छ।

सभामुख देवराज घिमिरेले आइतबार दलका प्रमुख सचेतकहरुसँग छलफल गर्ने क्रममा माओवादी प्रमुख सचेतक हितराज पाण्डेले सांसद शर्माको अभिव्यक्ति संसदको रेकर्डबाट हटाउनुपर्ने माग गरेका हुन्। पाण्डेले शर्माले बोलेकै दिन पनि संसदमा नियमापत्ति जनाएका थिए।

कांग्रेस सचेतक सुशीला थिङले सो विषयमा अध्ययन गर्नुपर्नेमा जोड दिएकी थिइन् भने एमालेका प्रमुख सचेतक पदम गिरीले शर्माले प्रश्न मात्र गरेकाले संसदको रेकर्डबाट त्यसलाई हटाउनुनपर्ने बताएका थिए। बैठकमा सहभागी कानुननमन्त्री धनराज गुरुङले पनि शर्माले असंसदीय शब्द नबोलेको बताएको जनाइएको छ।

कांग्रेस सांसद शर्माले आफूलाई पूर्वाग्रह राखेर पक्राउ गरेको भन्दै साउन २९ को संसद बैठकमा भनेका थिए, ‘यो देशको गृहमन्त्री र प्रधानमन्त्री आतंककारी सरकारको नेतृत्व गर्दै हुनुहुन्छ कि डेमोक्रेटिक सरकारको?’

नक्कली प्रमाणपत्र भएको आरोपमा नेपाल प्रहरीको केन्द्रीय अनुसन्धान ब्युरो (सिआइबी) ले २५ साउनमा पक्राउ गरेको थियो। दालतले हिरासतमा नराखी अनुसन्धान गर्न आदेश दिएपछि उनी साउन २६ गते छुटेका थिए। यसको तीन दिनपछि सदनको बैठकमा उनलाई बोल्न दिइएको थियो।

प्रकाशित मिति: १४:४२ बजे, आइतबार, भदौ ३, २०८०
NTCNTC
Jaga shaktiJaga shakti
प्रतिक्रिया दिनुहोस्