संसद अवरोध खुलाउन सबै दल गम्भीर हुनु जरुरी छ : सभामुख
आज राष्ट्रिय मान्यता प्राप्त दलका प्रमुख सचेतकहरु सम्मिलित बैठकमा उनले ले भने साउन १० यता मात्र सहमतिको प्रयास गर्दै तीन पटक शीर्ष नेताहरुको बैठक राखेको र ९ पटक सचेतक तथा प्रमुख सचेतकलाई बोलाएर छलफल गरेको बताए।
काठमाडौं, भदौ ३ : सभामुख देवराज घिमिरेले प्रमुख प्रतिपक्ष अडानबाट टसमस नहुँदा र सत्ता पक्षले सहमति नजनाउँदा सदन बन्धक भएको बताएका छन्।
आज राष्ट्रिय मान्यता प्राप्त दलका प्रमुख सचेतकहरु सम्मिलित बैठकमा उनले ले भने साउन १० यता मात्र सहमतिको प्रयास गर्दै तीन पटक शीर्ष नेताहरुको बैठक राखेको र ९ पटक सचेतक तथा प्रमुख सचेतकलाई बोलाएर छलफल गरेको बताए।
उनले दलहरूबीच सदन सुचारु गर्ने परिस्थिति नबन्दा संसद र सांसदबारे जनतामा नकारात्मक सन्देश गएको पनि उनले बताएका हुन्। पटकपटक बैठक अवरुद्ध हुँदा सांसदहरु पनि भत्ता मात्र खान्छन् भन्ने नकारात्मक सन्देश जनतामा गएको बताउँदै उनले दलहरुलाई गम्भीर बन्न सुझाव दिए।
‘अहिले हामी व्यवस्था बलियो बनाउने भूमिकामा छौं,’ उनले भने, ‘हामी नै जिम्मेवार बनेनौं भने न संसदीय प्रणाली बलियो हुन्छ न सांसदहरुबारे जनताको दृष्टिकोण राम्रो रहन्छ।’
बैठकमा एमालेले सुन तस्करीको छानबिनका लागि उच्चस्तरीय समिति बनाउनुपर्ने अडान दोहोर्याउँदा सत्तारुढ दलहरुले पनि त्यसमा सहमति जनाउन सकेका छैनन्। त्यसकारण एमालेले साउन १० यता संसद् अवरद्ध बनाउँदै आएको छ। प्रमुख सचेतक छलफल निष्कर्षविहीन भएको छ। यतिखेर