Kathmandu Press

प्रस्तावित प्रधानन्यायाधीश श्रेष्ठविरुद्ध तीन उजुरी, साेमबार श्रेष्ठकाे सुनुवाई हुने

उजुरीकर्ताहरुसँग छलफल गरेपछि सोमबार नै प्रस्तावित प्रधानन्यायाधीशको सुनुवाई गर्ने समितिका ज्येष्ठ सदस्य पशुपतिशम्शेर राणाले जानकारी दिए।
प्रस्तावित प्रधानन्यायाधीश श्रेष्ठविरुद्ध तीन उजुरी, साेमबार श्रेष्ठकाे सुनुवाई हुने

काठमाडौं, भदौ ३ : सर्वोच्च अदालतका प्रस्तावित प्रधानन्यायाधीश विश्वम्भरप्रसाद श्रेष्ठविरुद्ध तीन वटा उजुरी परेका छन्।

सिंहदरबारमा आइतबार बसेको संसदीय सुनुवाइ समितिको बैठकले श्रेष्ठविरुद्ध परेको तीनवटा उजुरीमाथि सोमबार छलफल गर्ने निर्णय गरेको छ।

सोमबार बिहान साढे १० बजे उजुरीकर्ताहरूलाई बोलाउने समितिले निर्णय गरेको छ। उजुरीकर्ताहरुसँग छलफल गरेपछि सोमबार नै प्रस्तावित प्रधानन्यायाधीशको सुनुवाई गर्ने समितिका ज्येष्ठ सदस्य पशुपतिशम्शेर राणाले जानकारी दिए।

प्रस्तावित प्रधानन्यायाधीश श्रेष्ठका सम्बन्धमा साउन २४ मा सुनुवाइ समितिले उजुरी आह्वानका लागि सूचना निकालेको थियो। साउन १८ गते बसेको संवैधानिक परिषद बैठकले सर्वोच्च अदालतका वरिष्ठ न्यायाधीश श्रेष्ठलाई प्रधानन्यायाधीश नियुक्तिका लागि सिफारिस गरेको थियो।

समितिले संसदीय सुनुवाइ प्रक्रिया पूरा गरी नाम अनुमोदन गरेपछि राष्ट्रपतिबाट प्रधानन्यायाधीश नियुक्त हुने व्यवस्था छ।

प्रकाशित मिति: १२:३० बजे, आइतबार, भदौ ३, २०८०
NTCNTC
Jaga shaktiJaga shakti
प्रतिक्रिया दिनुहोस्