Kathmandu Press

प्रतिनिधिसभा बैठक बस्दै

प्रमुख प्रतिपक्षी दल नेकपा एमालेले अवरोधका कारण त्यसयता संसद बैठक कार्यसूचीमा प्रवेश गर्न पाएको छैन।
प्रतिनिधिसभा बैठक बस्दै

काठमाडौं, भदौ ३ : प्रतिनिधिसभाको बैठक आइतबार दिउँसो १ बजे बस्दैछ।

प्रतिनिधिसभा बैठक साउन १० गतेदेखि निरन्तर अवरुद्ध हुँदै खाएको छ। प्रमुख प्रतिपक्षी दल नेकपा एमालेले अवरोधका कारण त्यसयता संसद बैठक कार्यसूचीमा प्रवेश गर्न पाएको छैन।

सुन तस्करी प्रकरणमा उच्चस्तरीय छानबिन समिति गठन गर्नुपर्ने नेकपा एमालेको माग र सरकारका अंगहरुलाई नै छानबिन गर्न दिनुपर्ने सत्ता पक्षको अडानका कारण संसद निरन्तर अवरोध हुँदै आएको छ।

प्रधानमन्त्री पुष्पकमल दाहाल  सभामुख देवराज घिमिरेले संसदको अवरोध हटाउन पहल गरे पनि सहमति जुटेको छैन। शनिबार पनि प्रधानमन्त्री प्रचण्ड र सभामुख घिमिरेबीच छलफल भएको थियो।

प्रकाशित मिति: ०८:४५ बजे, आइतबार, भदौ ३, २०८०
NTCNTC
Jaga shaktiJaga shakti
प्रतिक्रिया दिनुहोस्