Kathmandu Press

सुन तस्करीमा पक्राउ परेका चिनियासँग भारतीय आधारकार्ड भेटियो

प्रहरी प्रवक्ता प्रहरी नायब महानिरीक्षक कुवर कडायतले पक्राउ परेकामध्ये दुई जनासँग भारतीय आधार कार्ड रहेको पाइएको बताए।
सुन तस्करीमा पक्राउ परेका चिनियासँग भारतीय आधारकार्ड भेटियो

काठमाडौं, भदौ ३ : हङङबाट मोटरसाइकलमा राख्ने ब्रेक सुमा हालेर ल्याइएको करिब ६१ किलो सुन तस्करीमा पक्राउ परेका चिनियाँ नागरिकसँग भारतीय आधार कार्ड भेटिएको छ।

प्रहरी प्रवक्ता प्रहरी नायब महानिरीक्षक कुवर कडायतले पक्राउ परेकामध्ये दुई जनासँग भारतीय आधार कार्ड रहेको पाइएको बताए।

तीन जना चिनियासँग भने जिल्ला प्रशासन कार्यालय काभ्रेपलाञ्चोकबाट जारी गरिएको नेपाली नागरिकता र एक जनासँग जिल्ला प्रशासन कार्यालय काठमाडौंबाट जारी भएको नागकिरता भेटिएको उनले जानकारी दिए।

हालसम्म उनीहरूसहित २३ जनालाई सुन तस्करी प्रकरणमा पक्राउ गरी प्रहरीको केन्द्रीय अनुसन्धान ब्यूरो (सिआइबीले) अनुसन्धान गरिरहेको छ ।

गत साउन ३ गते ठीक एक महिनाअघि राजस्व अनुसन्धान विभागले त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलको भन्सार पास भएर लैजान लागिएको सुनसहितको एक सय ५५ किलो रहेको ब्रेक सु बरामद गरेको थियो।

दुई हप्ताको अनुसन्धानपछि थप अनुसन्धानका लागि विभागले प्रहरीको सिआइबीलाई हस्तान्तरण गरेको थियो।

प्रकाशित मिति: ०७:३९ बजे, आइतबार, भदौ ३, २०८०
NTCNTC
Jaga shaktiJaga shakti
प्रतिक्रिया दिनुहोस्