Kathmandu Press

कांग्रेसले कार्यशैली परिवर्तन गर्नुपर्छ : कांग्रेस नेता सिंह

कांग्रेसले मात्र सबै राजनीतिक शक्तिलाई मिलाएर अगाडि बढ्नसक्ने उनले उल्लेख गरे।
कांग्रेसले कार्यशैली परिवर्तन गर्नुपर्छ : कांग्रेस नेता सिंह

काठमाडौं, भदौ  २ : नेपाली कांग्रेस नेता प्रकाशमान सिंहले आगामी दिनमा कांग्रेसले कार्यशैलीमा परिवर्तन गरेर अगाडि बढ्नुपर्ने बताएका छन्।

कांग्रेस काठमाडौं क्षेत्र नं. १ को क्षेत्रीय सम्मेलनलाई सम्बोधन गर्दै उनले पछिल्लो समय परिवर्तन नरुचाएका तत्वहरू सलबलाउन थालेकाले कांग्रेस कार्यशैली परिवर्तन गरेर अगाडि बढ्नुको विकल्प नरहेको बताए।

‘कांग्रेस कमजोर हुँदा प्राप्त उपलब्धि नै खतरामा पर्न सक्छ, प्राप्त उपलब्धिको रक्षाका लागि कांग्रेस कार्यशैलीमा परिवर्तन गरेर अगाडि बढ्नुपर्छ,’ उनले भने। कांग्रेसले मात्र सबै राजनीतिक शक्तिलाई मिलाएर अगाडि बढ्नसक्ने उनले उल्लेख गरे।

सिंहले लामो समयदेखि संसद् चल्न नसकेको बताउँदै संसद् सञ्चालन गर्नका लागि सबै जिम्मेवार बन्नुपर्ने बताए। उनले जनताको सुख, दुःखको साथी कांग्रेस भएको जनतालाई अनुभूति गर्न कांग्रेस नेता तथा कार्यकर्ताले सक्नुपर्ने उल्लेख गरे।

 

प्रकाशित मिति: २०:४७ बजे, शनिबार, भदौ २, २०८०
NTCNTC
Jaga shaktiJaga shakti
प्रतिक्रिया दिनुहोस्