Kathmandu Press

तीन स्रष्टाका तीन कृति विमोचन

साहित्यकार मोतिशोभाको ‘चियाको चुस्की’ लघु कथासङ्ग्रह, साहित्यकार प्राडा सृजनाको ‘भोलि कोही नआउन्जेलसम्म’ कविता सङ्ग्रह र प्राडा सविनाको ‘एउटा जीवन छामेर हेर्दा’ जीवन सङ्ग्रह पूर्वप्रधानमन्त्री लोकेन्द्रबहादुर चन्दले आज विमोचन गरेका हुन्।
तीन स्रष्टाका तीन कृति विमोचन

काठमाडौं, भदौ २ : साहित्यकार मोतिशोभा श्रेष्ठ, प्राडा सृजना श्रेष्ठ र प्राडा सविना श्रेष्ठका तीन कृति विमोचन गरिएको छ। साहित्यकार मोतिशोभाको ‘चियाको चुस्की’ लघु कथासङ्ग्रह, साहित्यकार प्राडा सृजनाको ‘भोलि कोही नआउन्जेलसम्म’ कविता सङ्ग्रह र प्राडा सविनाको ‘एउटा जीवन छामेर हेर्दा’ जीवन सङ्ग्रह पूर्वप्रधानमन्त्री लोकेन्द्रबहादुर चन्दले आज विमोचन गरेका हुन्।

कार्यक्रममा पूर्वप्रधानमन्त्री एवम् साहित्यकार चन्दले तीन कृतिले नेपाली साहित्यजगत्मा नयाँ आयम थपिएको बताए। उनले कथासङ्ग्रह, कवितासङ्ग्रह र जीवनसङ्ग्रह पठनीय रहेको उल्लेख गरे। 'कथाकारको विशेषता भनेको सानो कुरालाई बढाएर लेख्ने हो,' उनले भने। तीनवटै कृति गहिराइमा पुगेर लेखिएको उनको भनाइ थियो।

Hardik ivf

पूर्वअर्थमन्त्री एवम् साहित्यकार शङ्करप्रसाद कोइरालाले प्राडा सविनाद्वारा लिखित पूर्वसचिव एवम् निर्वाचन आयोगका पूर्वआयुक्त विश्वमान श्रेष्ठका बारेमा लेखिएको ‘एउटा जीवन छामेर हेर्दा’ जीवन सङ्ग्रहबारे बोल्दै विश्वमान सरकारको कुशल प्रशासक भएको बताए। 'विश्वमानलाई बुझ्न चाहने नयाँ पुस्ताका लागि पुस्तकले सहयोग पुग्नेछ,' उनले भने।

वरिष्ठ गीतकार कालीप्रसाद रिजालले प्राडा सृजनाद्वारा लिखित ‘भोलि कोही नआउन्जेलसम्म’ कविता सङ्ग्रहबारे बोल्दै मेडिकल क्षेत्रमा कार्यरत व्यक्ति साहित्यमा कलम चलाएर कवितासङ्ग्रह प्रकाशित गर्नु महत्वपूर्ण कुरा भएको बताए। उनले निरन्तर कृति प्रकाशित गर्नसमेत सफलताको शुभकामना व्यक्त गरे।

साहित्यकार धुव्र मधुकर्मीले साहित्यकार मोतिशोभाको कृति ‘चियाको चुस्की’ लघु कथा सङ्ग्रहबारे बोल्दै पुस्तकले नारी मनोविज्ञान, बाल मनोविज्ञान र समाजमा भोगिएका भोगाइलाई समेटेको बताए।

कृतिका लेखक मोतिशोभा नेपाल सरकारको पूर्वसहसचिव, लेखक प्राडा सृजना पाटन स्वास्थ्य विज्ञान प्रतिष्ठानका प्राध्यापक एवं वरिष्ठ बालरोग विशेषज्ञ  प्रा.डा. सविना काठमाडौँ मेडिकल कलेजका प्राध्यापक तथा वरिष्ठ बाल आँखा रोग विशेषज्ञ हुन्। उनीरुले यसअघि पनि विभिन्न कृति प्रकाशित गरिसकेका छन्।

प्रकाशित मिति: १७:०७ बजे, शनिबार, भदौ २, २०८०
NTCNTC
Jaga shaktiJaga shakti
प्रतिक्रिया दिनुहोस्