Kathmandu Press

संसदको अवरोध नियमसंगत छैन : सुवास नेम्वाङ

नियमसंगत  नहुँदा राजनीतिक रुपमा गरिने अवरोधको औचित्य पुष्टि गर्ने जिम्मेवारी सम्बन्धित दलको भएको उनले बताए।
संसदको अवरोध नियमसंगत छैन : सुवास नेम्वाङ

काठमाडाैं, भदाै २ : नेकपा (एमाले) संसदीय दलका उपनेता सुवास नेम्वाङले संसदको अवरोध नियमसंगत नरहेको बताएका छन्।

संघीय संसद सचिवालयले शनिबार काभ्रेको धुलिखेलमा आयोजना गरेको ‘संसद् र सञ्चार सम्बन्ध’ विषय अन्तरक्रियामा बोल्दै नेम्वाङले संविधानले अवरोध गर्ने कुरालाई अनुमति नदिएको र नियमले पनि अवरोधको कल्पना नगरेको भन्दै संसदको अवरोध नियमसंगत नरहेको बताएका हुन्।

नियमसंगत  नहुँदा राजनीतिक रुपमा गरिने अवरोधको औचित्य पुष्टि गर्ने जिम्मेवारी सम्बन्धित दलको भएको उनले बताए। नेम्वाङले बहुमत नभएको दलले सरकारले आफ्नो कुरा नसुनेपछि राजनीतिक रूपमा संसद् अवरोध गर्ने गरेको धारणा राखे।

उनले जनताले जनताका लागि बनाएको संविधानको सफल कार्यान्वयनका लागि सबै दलहरु पनि गम्भीर हुनुपर्ने बताए।

प्रकाशित मिति: १६:०४ बजे, शनिबार, भदौ २, २०८०
NTCNTC
Jaga shaktiJaga shakti
प्रतिक्रिया दिनुहोस्