Kathmandu Press

सरकारले गरेको कामलाई सफल बनाउन सबैले साथ दिनुपर्छ : गिरिराजमणि पोखरेल

माओवादी केन्द्र बागमती प्रदेश सम्पर्क समन्वय समितिको बैठकलाई सम्बोधन गर्दै नेता पोखरेलले माओवादी केन्द्रका अध्यक्ष प्रचण्ड नेतृत्वको सरकारले मुलुकमा भ्रष्टाचार अन्त्य गर्दै सुशासन सहितको समृद्धिको लक्ष्य लिएको भन्दै सरकारको लक्ष्यलाई सफल बनाउन सवैले साथ दिनुपर्ने बताएका हुन्।
सरकारले गरेको कामलाई सफल बनाउन सबैले साथ दिनुपर्छ : गिरिराजमणि पोखरेल

काठमाडाैं, भदाै २ : नेकपा माओवादी केन्द्रका नेता गिरिराजमणि पोखरेलले सुशासनका पक्षमा सरकारले गरेको कामलाई सफल बनाउन सबैले साथ दिनुपर्ने बताएका छन्।

माओवादी केन्द्र बागमती प्रदेश सम्पर्क समन्वय समितिको बैठकलाई सम्बोधन गर्दै नेता पोखरेलले माओवादी केन्द्रका अध्यक्ष प्रचण्ड नेतृत्वको सरकारले मुलुकमा भ्रष्टाचार अन्त्य गर्दै सुशासन सहितको समृद्धिको लक्ष्य लिएको भन्दै सरकारको लक्ष्यलाई सफल बनाउन सवैले साथ दिनुपर्ने बताएका हुन्।

उनले राजनीतिलाई अपराधीकरण गर्ने र अपराधलाई राजनीतिकरण गर्ने प्रवृतिलाई अन्त्य नगरे सम्म मुलुक आर्थिक बिकासको बाटोमा अघि बढ्न नसक्ने जिकिर गरे।

नेता पोखरेलले मुलुकमा पश्चगामी शक्तिहरु शिर ठाडो पार्न खोजिरहेको अवस्थामा लडेर ल्याएको उपलव्धी जोगाउनुपर्ने काममा ध्यान केन्द्रित गर्नुपर्ने धारणा राखे। उनले मुलुकलाई अन्तराष्ट्रिय शक्तिले क्रीडास्थल बनाउन खोजिरहेको भन्दै राष्ट्रियताको जगेर्ना गर्नु अहिलेको कार्यभार रहेको पनि बताए।

उनले संगठनलाई बलियो बनाउन सके मात्र पार्टी बलियो हुने भएकाले नेता तथा कार्यकर्ताले यसमा विशेष ध्यान दिनुपर्ने उल्लेख गरे। 

प्रकाशित मिति: १५:३९ बजे, शनिबार, भदौ २, २०८०
NTCNTC
Jaga shaktiJaga shakti
प्रतिक्रिया दिनुहोस्