आरती साहलाई न्याय माग्दै माइतीघर मण्डलामा प्रदर्शन
९० दिन बितिसक्दा पनि आरती साह मृत्य प्रकरणको अनुसन्धानका लागि पीडित परिवार संघर्षरत रहे पनि सरकार र अन्य सरोकारवाला मौन रहेको भन्दै उनका परिवार तथा युवाहरुले मुखमा कालो पट्टी बाध्दै मौन धर्ना दिएका हुन्।
काठमाडाैं, भदाै २ : घरमै झुण्डिएको अवस्थामा फेला परेकी जनकपुरधाम उपमहानगरपालिका–९ की आरती साहलाई न्याय माग्दै शनिबार पनि काठमाडौँको माइतीघर मण्डलामा प्रदर्शन गरिएको छ।
९० दिन बितिसक्दा पनि आरती साह मृत्य प्रकरणको अनुसन्धानका लागि पीडित परिवार संघर्षरत रहे पनि सरकार र अन्य सरोकारवाला मौन रहेको भन्दै उनका परिवार तथा युवाहरुले मुखमा कालो पट्टी बाध्दै मौन धर्ना दिएका हुन्।
आरती गत जेठ ७ गते बेलुका घरमै झुण्डिएको अवस्थामा फेला परेकी थिइन्। दाइजोको नाममा आरतीको हत्या भएको माइती पक्षको दाबी छ।
आरतीको हत्यालाई आत्महत्याको नाम दिएर अपराधि उम्काउन खोजिएको र प्रहरीले न्याय माग्दा सहयोग नगरेको पीडित परिवारको भनाइ छ।
प्रकाशित मिति: १५:०९ बजे, शनिबार, भदौ २, २०८०
प्रतिक्रिया दिनुहोस्
थप समाचार