Kathmandu Press

प्रधानमन्त्री दाहालद्वारा यादवप्रति श्रद्धाञ्जली अर्पण

पार्टी केन्द्रीय कार्यालय पेरिसडाँडामा आज आयोजित कार्यक्रममा उनले यादवको तस्बिरमा माल्यापर्ण गरी श्रद्धाञ्जली अर्पण गरेका हुन्। 
प्रधानमन्त्री दाहालद्वारा यादवप्रति श्रद्धाञ्जली अर्पण

काठमाडौं, भदौ २ : प्रधानमन्त्री एवं नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ले सहिद रामवृक्ष यादवप्रति श्रद्धाञ्जली अर्पण गरेका छन्।

पार्टी केन्द्रीय कार्यालय पेरिसडाँडामा आज आयोजित कार्यक्रममा उनले यादवको तस्बिरमा माल्यापर्ण गरी श्रद्धाञ्जली अर्पण गरेका हुन्। 

तराई मधेसमा स्थापित यादव तत्कालीन नेकपा माओवादीका प्रभावशाली नेताका रुपमा परिचित थिए। जनयुद्धको सुरुआती चरणमा नै उनले २०५१ भदौ २ गते स्थानीय सबैला भन्ने स्थानमा शहादत प्राप्त गरेका थिए। माओवादीले यादवलाई सहिद घोषणा गरेको छ। 

जनताको हकहितका लागि सङ्घर्षरत यादवको स्मरणमा माओवादी केन्द्रले हरेक वर्ष भदौ २ गते श्रद्धाञ्जलीसभाको आयोजना गरी श्रद्धाञ्जली अर्पण गर्दै आएको पार्टी केन्द्रीय कार्यालयका सचिव डोरप्रसाद उपाध्यायले जानकारी दिए।

श्रद्धाञ्जली कार्यक्रममा माओवादी केन्द्रका उपाध्यक्ष अग्नि सापकोटा र पम्फा भुसाल, उपमहासचिव वर्षमान पुनलगायतका शीर्ष नेता तथा कार्यकर्ता उपस्थित थिए। 

प्रकाशित मिति: १४:५७ बजे, शनिबार, भदौ २, २०८०
NTCNTC
Jaga shaktiJaga shakti
प्रतिक्रिया दिनुहोस्