Kathmandu Press

युवाले शीर्ष तहमा बसेका नेतालाई विकास र उन्नतिको बाधक देखे : नेता कार्की 

शनिबार कांग्रेस नेता प्रदीप गिरिको प्रथम स्मृति दिवस पारेर काठमाडौंमा आयोजना गरिएको कार्यक्रममा नेता कार्कीले युवा पुस्तामा राजनीतिक दलका शीर्ष नेताहरु नेपालको उन्नतिको बाधक हुन भन्ने परेको बताए। 
युवाले शीर्ष तहमा बसेका नेतालाई विकास र उन्नतिको बाधक देखे : नेता कार्की 

काठमाडौं, भदाै २ : नेकपा माओवादीका नेता राम कार्कीले नयाँ पुस्ताले देशको विग्रदो अर्थतन्त्र र अनेक समस्यालाई ध्यान दिनु भन्दा पुरानो पुस्ताका शीर्ष तहमा बसेका नेतालाई देश विकास र उन्नतिको बाधकको रुपमा लिएको भन्दै गुनासो गरेका छन्। 

शनिबार कांग्रेस नेता प्रदीप गिरिको प्रथम स्मृति दिवस पारेर काठमाडौंमा आयोजना गरिएको कार्यक्रममा नेता कार्कीले युवा पुस्तामा राजनीतिक दलका शीर्ष नेताहरु नेपालको उन्नतिको बाधक हुन भन्ने परेको बताए। 

उनले भने, ‘अहिलेका युवाहरुले बाधा भनेको अर्थतन्त्र र कुनै चिजलाई देखेका छैनन्। नयाँ पिँढीले बाधा भनेको हामीलाई मात्रै देखेका छन्। विभिन्न पार्टीको शीर्ष तहमा बसेका नेतानै नेपालको विकास र उन्नतिको बाधा हुन भन्ने नेपालका युवाहरुलाई परेको छ।’ 

तत्कालीन समयमा माओवादी र अन्य राजनीतिक पार्टीलाई विचारका माध्यमबाट नजिक ल्याउन गिरिले भूमिका खेलेको बताएका कार्कीले स्वर्गीय नेता गिरिको विचारले नै युवा पुस्तालाई जोड्न सक्ने धारणा राखे। 

उनले पार्टीले निर्वाचनमा गरेको आदेश युवा कार्यकर्ताले नमानेको स्मरण गर्दै भने, ‘हाम्रो हुकुम चलेन। चितवन र काठमाडौंमै पार्टीहरुले गर्ने जो फर्मान हो चलेन।

अब पार्टीको आदेशको उल्लंघनको अन्त पनि हुन थाल्छ।त्यसैले वास्तविक अर्थमा नयाँ युवा पिँढीलाई विचारहरुसँग जोड्न र आफ्ना चुनौतीहरुको सामना गर्न सक्ने गरि सक्षम बनाउँनको निम्ति प्रदीप गिरिको सान्दर्भिकता छ।’ 

त्यस्तै उनले स्वर्गीय नेता गिरिले जीवनको अन्तिम समयमा केको लागि प्रयास गरिरहेका थिए,त्यसलाई बुझ्न गिरिको विचारलाई रिभिजिट गर्न आवश्यक रहेको बताए।

नेता कार्कीले गिरिको विचारलाई पुनः अध्ययन गर्नुपर्ने तथा गिरिले भगिरथ गरेको प्रयासलाई बुझेर युवालाई जोड्न सकेमात्र उनीप्रति सच्चा न्याय हुने उल्लेख गरे। 
 

प्रकाशित मिति: १२:५० बजे, शनिबार, भदौ २, २०८०
NTCNTC
Jaga shaktiJaga shakti
प्रतिक्रिया दिनुहोस्