Kathmandu Press

एमालेको केन्द्रीय नेताहरूको जिम्मेवारी हेरफेर  

एमालेको केन्द्रीय नेताहरूको जिम्मेवारी हेरफेर  

काठमाडौं, भदाै २ : नेकपा एमालेले केन्द्रीय नेताहरूको जिम्मेवारी हेरफेर गरेको छ। सोमबार बसेको सचिवालयको बैठकको निर्णयअनुसार शुक्रबार अन्तरपार्टी निर्देशन जारी गर्दै एमालेले केन्द्रीय नेताहरूको जिम्मेवारी हेरफेर गरेको हो। 

एमालेले केन्द्रीय कार्यालयको व्यवस्थापनमा रहेको बागमती प्रदेशको इन्चार्ज गुरु बराललाई तोकेको छ। काठमाडौं महानगरपालिकाका पूर्वमेयर विद्यासुन्दर शाक्यलाई काठमाडौंको तारकेश्वर नगरपालिका र टोखा नगरपालिकाको इन्चार्ज तोकिएको छ। 
यस्तै, पार्टीविरोधी गतिविधिमा संलग्नहरूलाई सम्बन्धित कमिटीले कारबाही गर्ने र चुनावका समयमा कारबाहीमा परेका तर आत्माआलोचना गरी सदस्यता नवीकरण गर्न चाहनेहरूको पार्टी सदस्यता नवीकरण गर्न अनुमति दिने निर्णय गरेको छ। 

६ केन्द्रीय सदस्यको बिदाइ 

नेकपा एमालेले ६ जना केन्द्रीय सदस्य केशव स्थापित, प्रमोदनारायण यादव र अन्य चार जनालाई केन्द्रीय कमिटीबाट बिदा गरेको छ। 

एमालेले अजय क्रान्ति शाक्य (काठमाडौं), जुनेली श्रेष्ठ (मकवानपुर), पार्वती रावल (चितवन), पुरनसिंह दयाल (बैतडी) लाई बिदा दिएको छ। उनीहरूले स्वास्थ्यका कारण पार्टीमा सक्रिय हुन नसकेको जानकारी गराएर बिदा माग गरेकाले सोहीअनुरूप स्वीकृत गरिएको बताएको छ।
 

प्रकाशित मिति: १२:४० बजे, शनिबार, भदौ २, २०८०
NTCNTC
Jaga shaktiJaga shakti
प्रतिक्रिया दिनुहोस्