Kathmandu Press

भुटानी शरणार्थी प्रकरणको अनुसन्धानमा खटिएका प्रहरीको सरुवा तयारी

काठमाडौं प्रहरी प्रमुख एसएपी दानबहादुर कार्की, काठमाडौं उपत्यका अपराध अनुसन्धान कार्यालयका प्रमुख एसएसपी मनोज केसी र ललितपुर प्रहरी प्रमुख एसएसपी सिद्धिविक्रम शाहलाई सरुवा गर्न गृह मन्त्रालयसमक्ष प्रस्ताव गरेको छ।
भुटानी शरणार्थी प्रकरणको अनुसन्धानमा खटिएका प्रहरीको सरुवा तयारी

काठमाडौं, भदौ २ : नक्कली भुटानी शरणार्थी प्रकरणको अनुसन्धानमा खटिएका दुई प्रहरी अधिकृतसहित उपत्यकाका उच्च प्रहरी अधिकारीको सरुवा तयारी गरिएको छ।

प्रहरी प्रधान कार्यालयले काठमाडौं प्रहरी प्रमुख एसएपी दानबहादुर कार्की, काठमाडौं उपत्यका अपराध अनुसन्धान कार्यालयका प्रमुख एसएसपी मनोज केसी र ललितपुर प्रहरी प्रमुख एसएसपी सिद्धिविक्रम शाहलाई सरुवा गर्न गृह मन्त्रालयसमक्ष प्रस्ताव गरेको छ।

काठमाडौं प्रहरी प्रमुख एसएसपी दानबहादुर कार्कीलाई प्रहरी महानिरीक्षकको सचिवालय, काठमाडौं उपत्यका अपराध अनुसन्धान कार्यालयका एसएसपी मनोज केसीलाई महिला बालबालिका तथा ज्येष्ठ नागरिक निर्देशनालय ललितपुर प्रहरी प्रमुख एसएसपी सिद्धिविक्रम शाहलाई सीआईबीमा सरुवाको प्रस्ताव गरिएको छ।

काठमाडौं प्रहरी परिसरमा प्रहरी महानिरीक्षकको सचिवालयका एसएसपी भुपेन्द्र खत्रीलाई सरुवा गर्न प्रस्ताव गरिएको छ। त्यस्तै राष्ट्रिय सुरक्षा परिषद् सचिवालयका एसएसपी सोमेन्द्रसिंह राठौरलाई काठमाडौं उपत्यका अपराध अनुसन्धान कार्यालयमा सरुवाको प्रस्ताव गरिएको छ।त्यस्तै ललितपुर प्रहरी प्रमुखमा भने केन्द्रीय अनुसन्धान ब्युरो (सीआईबी)का एसएसपी दिनेश आचार्यलाई सरुवा गर्न प्रस्ताव गरिएको छ।

पछिल्लो नक्कली भुटानी शरणार्थी प्रकरणको अनुसन्धानका काठमाडौं प्रहरी परिसर र काठमाडौं उपत्यका अपराध अनुसन्धान कार्यालयको भूमिका महत्त्वपूर्ण थियो।

 

प्रकाशित मिति: १२:१९ बजे, शनिबार, भदौ २, २०८०
NTCNTC
Jaga shaktiJaga shakti
प्रतिक्रिया दिनुहोस्