Kathmandu Press

गुल्मीको मुसिकोट नगरपालिका वडाध्यक्ष मृत भेटिए

घरबाट करिब डेढ घण्टाको दूरीमा रहेको घन्टुङ भन्ने जंगलमा घिमिरे मृत भेटिएको प्रहरीले जनाएको छ।
गुल्मीको मुसिकोट नगरपालिका वडाध्यक्ष मृत भेटिए

गुल्मी, भदौ २ : गुल्मीको मुसिकोट नगरपालिका वडा नं.१ का वडाध्यक्ष मोहन घिमिरे मृत भेटिएका छन्।

शनिबार बिहान करिब पाँच फेसबुक अलबिदा लेखेका घिमिरे बिहान साढे सात बजे रुखमा झुन्डिएको अवस्थामा भेटिएका हुन्। घरबाट करिब डेढ घण्टाको दूरीमा रहेको घन्टुङ भन्ने जंगलमा घिमिरे मृत भेटिएको प्रहरीले जनाएको छ।

वडाअध्यक्ष घिमिरेले आफ्नो फेसबुकमा ‘परिस्थितिको चपेटामा परेपछि बाँच्नुको अर्थ हुँदो रहेनछ। प्रीय अनिता, साथ निभाउन सकेन। मलाई माफ गरे । घर परिवार, साथिभाइ सुभचिन्तक सबैसँग माफी चाहान्छु।अल बिदा।’ भनेर स्टाटस लेखेका थिए।

शुक्रबार अपराह्न घरबाट वडाको काममा निस्केका वडाअध्यक्ष घिमिरे रातभर घर नफर्केको पारिवारिक स्रोतले जनाएको छ।

प्रकाशित मिति: ११:३४ बजे, शनिबार, भदौ २, २०८०
NTCNTC
Jaga shaktiJaga shakti
प्रतिक्रिया दिनुहोस्