Kathmandu Press

‘संसद्को अवरोध आइतबारबाट हट्छ’

‘हिजो मात्रै पनि सभामुखजीसँग बालुवाटार नै उहाँ आउनुभयो र उहाँसँग कुरा भएको छ। आज बेलुकासम्म हामी प्रयास बढाउँदैछौँ। आशा छ भोलि सदन खुल्छ।’
‘संसद्को अवरोध आइतबारबाट हट्छ’

काठमाडौं, भदौ २ : प्रधानमन्त्री पुष्पकमल दाहालले संसद्को अवरोध आइतबारबाट हट्ने बताएका छन्।  

शनिबार स्व। रामवृक्ष यादवको स्मृति दिवसको अवसरमा पार्टी केन्द्रीय कार्यालय पेरिसडाँडामा श्रद्धाञ्जली अर्पण गर्न पुगेका प्रधानमन्त्री दाहालले संसद्को गतिरोध अन्त्यका लागि आफूले निरन्तर प्रयास गरिरहेको भन्दै आइतबारबाट सदन खुल्ने बताए।

आफूले संसद् अवरोध अन्त्यका लागि पहल गर्ने उनले प्रतिबद्धता जनाए। शनिबार साँझ प्रमुख प्रतिपक्ष र सत्ता गठबन्धनसँग छलफल गरेर संसद् गतिरोध खुलाउन प्रयास गर्ने र आइतबार संसद् बैठक सुसञ्चालन हुनेमा आफू आशावादी रहेको प्रधानमन्त्री दाहालको भनाइ थियो।

हामीले निरन्तर पहल गर्दै आएको तपाईंहरूलाई थाहा छँदैछ। हिजो मात्रै पनि सभामुखजीसँग बालुवाटार नै उहाँ आउनुभयो र उहाँसँग कुरा भएको छ। आज बेलुकासम्म हामी प्रयास बढाउँदैछौँ। आशा छ भोलि सदन खुल्छ,’ प्रधानमन्त्री दाहालले भने ।

प्रधानमन्त्री दाहालले संसद् अवरोध खुलाउनका लागि आफूले सभामुखसहित प्रमुख प्रतिपक्ष दलका नेता केपी शर्मा ओलीसँग छलफल अघि बढाइरहेको पनि बताए ।

प्रकाशित मिति: ११:२५ बजे, शनिबार, भदौ २, २०८०
NTCNTC
Jaga shaktiJaga shakti
प्रतिक्रिया दिनुहोस्