देशभर आज सामान्य वर्ष हुने, भोलिदेखि भारी वर्षाको सम्भावना
आज दिउँसो देशभर आँशिकदेखि सामान्य बदली भई पहाडी भूभागको केही स्थान र बाँकी भू(भागको थोरै स्थानमा मेघगर्जन चट्याङ्सहित हल्कादेखि मध्यम वर्षा हुनेछ।
काठमाडौं, भदौ २ : आज देशभर हल्का वर्षको सम्भावना छ। शनिबार गण्डकी प्रदेशका थोरै स्थान तथा बाँकी प्रदेशका एक दुई स्थानमा हल्का वर्षा भइरहेको छ।
मौसम पूर्वानुमान महाशाखाले मनसुनको न्यून चापीय रेखा पश्चिमतिर सरदर स्थानभन्दा उत्तरतिर र पूर्वतर्फ सरदर स्थानभन्दा दक्षिणतिर रहेको जनाएको छ। साथै भारतको ओडिसा र आसपासमा न्यून चापीय क्षेत्र रहेको छ।
आज दिउँसो देशभर आँशिकदेखि सामान्य बदली भई पहाडी भूभागको केही स्थान र बाँकी भू(भागको थोरै स्थानमा मेघगर्जन चट्याङ्सहित हल्कादेखि मध्यम वर्षा हुनेछ।
राति कोशी, बागमती र गण्डकी प्रदेशका पहाडी भू(भागका केही स्थान तथा बाँकी प्रदेशका थोरै स्थानमा मेघगर्जन चट्याङ्सहित हल्कादेखि मध्यम वर्षाको सम्भावना छ।
आइतबार देशका पहाडी भूभाग र बाँकी भूभागको थोरै स्थानमा हल्कादेखि मध्यम वर्षा हुने महाशाखाको पूर्वानुमान छ। साथै कोशी, बागमती र गण्डकी प्रदेशका एक(दुई स्थानमा मेघगर्जन चट्याङ्सहित भारी वर्षाको सम्भावना रहेको महाशाखाले जनाएको छ।
सोमबार पनि देशका विभिन्न स्थानमा वर्षा हुने महाशाखाले जनाएको छ। लुम्बिनी, कर्णाली र सुदूरपश्चिम प्रदेशका केही स्थान र बाँकी भूभागको थोरै स्थानमा वर्षा हुनेछ।
साथै लुम्बिनी, कर्णाली र सुदूरपश्चिम प्रदेशका एक(दुई स्थानमा भने मेघगर्जन चट्याङ्सहित भारी वर्षाको सम्भावना रहेको महाशाखाले जनाएको छ ।
महाशाखाले आगामी २४ घण्टाका लागि चेतावनी जारी गर्दै पहाडी भूभागको केही स्थान र बाँकी भू(भागको थोरै स्थानमा हल्कादेखि मध्यम वर्षा हुने भएपनि नदीको सतह बढ्ने, पहिरो तथा भूक्षयको हुने सक्ने भएकाले आवश्यक सतर्कता अपनाउन आग्रह गरेको छ।











