धादिङमा यात्रु बस दुर्घटना हुँदा २० जना घाइते, ३ जनाको अवस्था गम्भीर
दाङबाट काठमाडौंतर्फ जाँदै गरेको बागमती प्रदेश ०३–००१ ख २६७५ नम्बरको बस अनियन्त्रित भई सडकमै पल्टिएको थियो।
धादिङ, भदौ २ : पृथ्वीराजमार्ग अन्तर्गत धादिङ बेनिघाट रोराङ गाउँपालिका ९ स्थित हुग्दी खोलामा यात्रु बस दुर्घटना भएको छ। शनिबार बिहान भएको सो दुर्घटनामा २० जना घाइते भएका प्रहरीले जनाएको छ।
दाङबाट काठमाडौंतर्फ जाँदै गरेको बागमती प्रदेश ०३–००१ ख २६७५ नम्बरको बस अनियन्त्रित भई सडकमै पल्टिएको थियो।बिहान करिब ५ बजे भएको दुर्घटनामा घाइते भएकामध्ये तीन जनाको अवस्था गम्भीर रहेको प्रहरीले जनाएको छ।
प्रहरी नायब उपरीक्षक सन्तुलालप्रसाद जैसवारका अनुसार घाइते सल्यान सबेश्वरी-३ का २४ वर्षीय राजेन्द्र पुन, उनका छोरा ६ वर्षीय आशीष केसी र सल्यान जिल्ला बाघचौर नगरपालिका–१० का ५० वर्षीय मानबहादुर खड्काको अवस्था गम्भीर छ।
गम्भीर घाइते २ जनासहित ९ जनालाई मलेखु राजमार्ग हस्पिटलमा सामान्य उपचारपछि काठमाडौं पठाइएको प्रहरीले जनाएको छ।
प्रकाशित मिति: ०८:३६ बजे, शनिबार, भदौ २, २०८०
प्रतिक्रिया दिनुहोस्
थप समाचार











