Kathmandu Press

सम्पदा क्षेत्रमा राजनीति नगरौँ रास्वपा संसद श्रेष्ठ

हनुमानढोकामा प्रत्येकपटक आउँदा नयाँ कुरा भेटिने गरेको उल्लेख गर्दै सांसद श्रेष्ठले यस क्षेत्रमा कुँदिएका कलाले आन्तरिक एवं बाह्य पर्यटकलाई आकर्षण गर्ने गरेको सुनाए।
सम्पदा क्षेत्रमा राजनीति नगरौँ रास्वपा संसद श्रेष्ठ

काठमाडौं, भदौ २ : राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)का सांसद विराजभक्त श्रेष्ठले सम्पदा क्षेत्रमा राजनीति गर्नु नहुने बताएका छन् ।

हनुमानढोका दरबार सङ्ग्रहालय विकास समितिले निलकोको ‘हनुमानढोका स्मारिका’ विमोचन तथा वरिष्ठ चित्रकार हरिप्रसाद शर्माका चित्रकलाको अस्थायी प्रदर्शनीको उद्घाटन गर्दै उनले यसअघिका जनप्रतिनिधिले राजनीति गरेर कतिपय सम्पदामा पुरातत्व विभागलाई पनि प्रवेश गर्न नदिएको बताए।

रास्वपाले सम्पादमा जनीति नगर्ने स्पष्ट पार्दै उनले अरु दललाई पनि यसमा ध्यान दिन आग्रह गरे। हनुमानढोकामा प्रत्येकपटक आउँदा नयाँ कुरा भेटिने गरेको उल्लेख गर्दै सांसद श्रेष्ठले यस क्षेत्रमा कुँदिएका कलाले आन्तरिक एवं बाह्य पर्यटकलाई आकर्षण गर्ने गरेको सुनाए।

पहिलेका जनप्रतिनिधिले जस्तो सम्पदामा राजनीति नगरी काठमाडौं जिल्ला निर्वाचन क्षेत्र नं ८ ले देशभरका सम्पदा संरक्षणका लागि उदाहरणीय काम गर्ने प्रतिबद्धतासमेत उनले जनाए।

यस्तै, बागमती प्रदेशसभा सदस्य शैलेन्द्रमान बज्राचार्यले चित्रकलाका माध्यमबाट सम्पदा र संस्कृतिको संरक्षणमा लाग्नुभएका हरिप्रसाद शर्माको चित्रकारिताले हनुमानढोका दरबार क्षेत्रलाई विश्वसामू चिनाउन योगदान गर्ने विश्वास व्यक्त गरे।

वरिष्ठ कलाकार शर्माले नेपाल देश भूगोलले सानो भए पनि इतिहास र संस्कृतिका दृष्टिले विशाल रहेको बताए। आफ्नो ब्रह्मले देखेका १३ चित्र सङ्ग्रहालयका लागि योगदानस्वरुप दिएको उनले सुनाए।

कार्यक्रममा स्मारिकाका सम्पादक प्राडा प्रेमकुमार खत्री, हनुमानढोका दरबार सङ्ग्रहालय विकास समितिका सदस्य सचिव सन्दीप खनाललगायतले हनुमानढोका दरबार क्षेत्रका सम्पदा र यसको संरक्षणमा भएका गतिविधिका बारेमा प्रकाश पारेका थिए।

प्रकाशित मिति: ०७:३९ बजे, शनिबार, भदौ २, २०८०
NTCNTC
Jaga shaktiJaga shakti
प्रतिक्रिया दिनुहोस्