गत साउनको तुलनामा यस वर्षको साउनमा अपराधका घटना बढे
जिल्ला प्रहरी परिसर काठमाडौंले शुक्रबार पत्रकार सम्मेलन गर्दै गत वर्षको साउनमा १ हजार ४७ अपराधका घटना भएकोमा यस बर्ष साउनमा १ हजार २ सय ७५ अपराधका घटना भएको जनाएको छ।
काठमाडाैं, भदाै १ : काठमाडौं प्रहरीले गत साउनको तुलनामा यस वर्षको साउनमा अपराधका घटना बढेको जनाएको छ।
जिल्ला प्रहरी परिसर काठमाडौंले शुक्रबार पत्रकार सम्मेलन गर्दै गत वर्षको साउनमा १ हजार ४७ अपराधका घटना भएकोमा यस बर्ष साउनमा १ हजार २ सय ७५ अपराधका घटना भएको जनाएको छ।
काठमाडौं परिसरमा सवै भन्दा बढि ५ सय ६० वटा बैंकिङ कसुरका मुद्धा दर्ता भएका छन् भने अभद्र व्यवहारका २ सय ७९ मुद्धा दर्ता भएको जिल्ला प्रहरी परिसर काठमाडौका प्रवक्ता एसपी कुमोध ढुंगेलले जानकारी दिए।
त्यस्तै साउन महिनामा अनलाईन ठगी सम्बन्धी ६५ निवेदन दर्ता भएकामा दुई वटा मिलापत्र भइ बाँकी ६३ निवेदनमा अनुसन्धान भइरहेको उहाले बताए। उनले साउन महिनामा नै बिभिन्न मुद्दामा २ सय ४० जनालाई पक्राउ गरिएको र कुल १८ करोड ८० लाख जरिवानाको फैसला भएको जानकारी दिए।
यस अवधिमा परिसरमा २ हजार ६ सय ५१ जनाले सेवा लिन आएको, कालिमाटी एरियामा १८ वटा सिसिटिभि क्यामेरा जडान गरेको, प्रहरी वृत्त बालाजु, बौद्ध, लैनचौर, सिंहदरबार, कालिमाटीको हिरासत कक्षमा पुस्तकालयको व्यवस्था गरिएको काठमाडौं परिसरले जनाएको छ।











