Kathmandu Press

पक्राउ परेका चिनियाँ नागरिकसँग नेपाली नागरिकता 

पक्राउ परेका चिनियाँ नागरिकसँग नेपाली नागरिकता 

काठमाडौं, भदौ १ : सय केजी सुन तश्करी प्रकरणमा पक्राउ परेका दावा छिरिङसहित सातजना चिनियाँसँग नेपाली नागरिकता भेटिएको छ।

उनीहरुको साथबाट केन्द्रीय अनुसन्धान ब्यूरो (सीआईबी) ले नेपाली नागरिकता र राहदानी बरामद गरेको हो। उनीहरुले जिल्ला प्रशासन कार्यालय काभ्रेपलाञ्चोकबाट नेपाली नागरिकता र राहदानी बनाएको सीआईबीको अनुसन्धानबाट फेला परेको छ।

सुन तस्करी प्रकरणमा पक्राउ परेका तिब्बती मूलका बेल्जियन नागरिक दावा छिरिङसहित सातजनासँग नेपाली नागरिकता भेटिएको हो।

चिनियाँ नागरिक टियान पिङ, वेन टोङ, डियाङ से फा र ली नेङ्ग काई तथा अन्य दुईजनासँग पनि नेपाली नागरिकता भेटिएको छ। अनुसन्धानकाक्रममा उनीहरुले सन् २०२१ र २२ मा काभ्रे प्रशासनबाट नेपाली नागरिकता र राहदानी लिएको तथ्य उजागर भएको हो। 

हङकङ हुँदै आएको सुन तस्करी प्रकरणमा हालसम्म २३ जना पक्राउ परेका छन्। नेपाली नागरिकता प्रकरणमा काभ्रे जिल्ला प्रशासनलाई पत्राचार गरी अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ। 

प्रकाशित मिति: १५:५९ बजे, शुक्रबार, भदौ १, २०८०
NTCNTC
Jaga shaktiJaga shakti
प्रतिक्रिया दिनुहोस्