Kathmandu Press

प्रधानमन्त्री कृषि आधुनिकीकरण परियोजनामा प्रमुखसहित ३ जना भ्रष्टाचारी ठहर 

प्रधानमन्त्री कृषि आधुनिकीकरण परियोजनामा प्रमुखसहित ३ जना भ्रष्टाचारी ठहर 

काठमाडौं, भदौ १ : प्रधानमन्त्री कृषि आधुनिकीकरण परियोजनामा चितवनका तत्कालीन प्रमुखसहित ३ जना भ्रष्टाचारी ठहर भएका छन्। 

परियोजना कार्यान्वय एकाइ (तरकारी जोन) चितवनका तत्कालीन प्रमुख तथा वरिष्ठ कृषि विकास अधिकृत सोमनाथ घिमिर, जोन सञ्चालक समितिका अध्यक्ष बालिका कुमारी गिरी र नारायणी एग्रो कम्पनी, जगतपुर चितवनका संस्थापक सदस्य गोपीनाथ भुसाललाई विशेष अदालतले भ्रष्टाचारमा दोषी ठहर गरेको हो। विशेष अदालतका न्यायाधीश शालिग्राम कोइराला र खुसीप्रसाद थारुको इजलासले शुक्रवार उनीहरूलाई दोषी ठहर गरेको हो। 

अख्तियार दुरुपयोग अनुसन्धान आयोगले २०७७ पुस २९ गते भ्रष्टाचार मुद्दा दायर गरेको थियो। अख्तियारले कामै नगरी कीर्ते गरी रकम हिनामिना गरेको, नककली बिल पेश गरेको तथा आफ्नै लगानी रहेको नारायणी एग्रो कम्पनीलाई अधिकांश योजना वितरण गरेर भ्रष्टाचार गरेको दाबी गरेको थियो। 

अभियोगपत्र अनुसार प्रधानमन्त्री कृषि आधुनिकीकरण परियोजना कार्यान्वयन ईकाई (तरकारी जोन) पार्वतीपुर चितवनबाट प्राविधिक शिक्षालयका नाममा प्राप्त हुने रकम नारायणी एग्रो कम्पनीको नाममा भुक्तानी दिई भ्रष्टाचार भएको थियो। अदालतले परियोजनामा १३ लाख भ्रष्टाचार भएको ठहर गरेको छ। भ्रष्टाचार ठहर भए पनिसजाय निर्धारण भने हुन बाँकी रहेको विशेष अदालतले जनाएको छ। 
 

प्रकाशित मिति: १५:५६ बजे, शुक्रबार, भदौ १, २०८०
NTCNTC
Jaga shaktiJaga shakti
प्रतिक्रिया दिनुहोस्