Kathmandu Press

जंगली च्याउ खाँदा दाङमा आमाछोरीको मृत्यु

जंगली च्याउ खाँदा दाङमा आमाछोरीको मृत्यु

दाङ, भदौ १ : जंगली च्याउ खाँदा दाङमा आमाछोरीको मृत्यु भएको छ।

मत्यु हुनेमा बंगलाचुली गाउँपालिका–४ मैकुटीकी  २७ वर्षीया ईश्वरी सुनार र उनकी ११ वर्षीया छोरी अस्मिता सुनार रहेकाे प्रहरीले जनाएकाे छ।

उनीहरूकाे उपचारका क्रममा मृत्यु भएको जिल्ला प्रहरी कार्यालय दाङले जानकारी दिएकाे छ। ईश्वरीकाे शुक्रबार राप्ती स्वास्थ्य विज्ञान प्रतिष्ठान घोराहीमा र अस्मिताकाे बुधबार  लुम्बिनी प्रादेशिक अस्पताल बुटवलमामृत्यु भएकाे प्रहरीकाे भनाइ छ। 

मंगलबार साँझ जंगलबाट ल्याएको च्याउँ खाँदा घरका तीनजना बिरामी परेका थिए। ईश्वरीका श्रीमान् अजय सुनारको राप्ती स्वास्थ्य विज्ञान प्रतिष्ठानमा उपचार भइरहेको प्रहरीले जानकारि दिएकाे छ।

प्रकाशित मिति: १५:४७ बजे, शुक्रबार, भदौ १, २०८०
NTCNTC
Jaga shaktiJaga shakti
प्रतिक्रिया दिनुहोस्