आफ्नो उपचारमा लागेकाे खर्च सरकारी कोषबाट लिन्न : मन्त्री गुरुङ

काठमाडाैं, भदाै १ : कानुन, न्याय तथा संसदीय मन्त्री धनराज गुरुङले बिरामी भएर हालै स्वास्थ्यलाभ गरी काममा फर्किएको जानकारी दिँदै आफ्नो उपचारमा लाग्ने खर्च सरकारी कोषबाट नलिने बताएका छन्।
शुक्रबार काठमाडौंमा आयोजित नेपाल निजामति कर्मचारी युनियनको कार्यक्रममा मन्त्री गुरुङले आफू मन्त्रालयमा आएपछि कर्मचारीहरुले नै उपचार खर्च लिने विषयमा सल्लाहसुझाव दिए पनि गरिब नेपालीलाई निःशुल्क उपचार गर्न नसकिएसम्म कुनै उपचार खर्च नलिने स्पष्ट पारेको बताए।
मुलुक सुधार्न नेता आफैं सुध्रिनुपर्ने र उदाहरण बन्नुपर्नेमा उनले जोड दिए।
प्रकाशित मिति: १५:३० बजे, शुक्रबार, भदौ १, २०८०
प्रतिक्रिया दिनुहोस्
थप समाचार











