Kathmandu Press

शरणार्थीदेखि सुन प्रकरणको अनुसन्धानमा दोषी देखिने कसैलाई छाडिन्न : मन्त्री गुरुङ

शुक्रबार काठमाडौंमा आयोजित नेपाल निजामति कर्मचारी युनियनको कार्यक्रममा मन्त्री गुरुङले त्रिभुवन विमास्थलबाट बाहिरिएको सुन प्रकरणलाई पहेलो हात्तीको संज्ञा दिदै सामान्य त्रुटी मान्न नसकिने बताएका हुन्।
शरणार्थीदेखि सुन प्रकरणको अनुसन्धानमा दोषी देखिने कसैलाई छाडिन्न : मन्त्री गुरुङ

काठमाडाैं, भदाै १ : कानुन, न्याय तथा संसदीय मन्त्री धनराज गुरुङले सुन तस्कारी प्रकरणलाई सामान्य त्रुटि मान्न नसकिने बताएका छन्।

शुक्रबार काठमाडौंमा आयोजित नेपाल निजामति कर्मचारी युनियनको कार्यक्रममा मन्त्री गुरुङले त्रिभुवन विमास्थलबाट बाहिरिएको सुन प्रकरणलाई पहेलो हात्तीको संज्ञा दिदै सामान्य त्रुटि मान्न नसकिने बताएका हुन्।

उक्त प्रकरणको एक छानविन प्रतिवेदनमा साधारण हेलचेक्राइँले सुन तस्करी भएको खबर पढेको भन्दै उहाले त्यति ठूलो पहेलो हात्ती अन्तराष्ट्रिय बिमानस्थलबाट बाहिरिनु सामान्य हुनै नसक्ने तर्क गरे।

मन्त्री गुरुङले नक्कली भुटानी शरणार्थीदेखि सुन प्रकरणको अनुसन्धानमा दोषी देखिने कसैलाई नछाड्ने स्पट पारे। मुलुकलाई भ्रष्टाचारमुक्त गर्नका लागि टिप्पणी उठाउनेहरुको हातमा मात्रै हतकडी लगाएर नपुग्ने र टिप्पणी उठाउन आदेशहरु दिनेहरुलाई सलाम ठोक्ने प्रवृति अन्त्य हुनुपर्ने उनले बताए। उनले सरकारको कार्यक्रममा उच्चतहका व्यक्तिहरुको सम्पती छानविन गर्नुपर्छ भनेर देखाउनका लािग मात्रै लेखिएको नभइ कार्यान्वयन नै हुने स्पष्ट पारे।

त्यस्तै मन्त्री गुरुङले आफु अहिले बिरामी निको भएर काममा फर्किएको भन्दै आफ्नो उपचारमा लाग्ने खर्च सरकारी कोषबाट नलिने बताए। आफू मन्त्रालयमा आएपछि कर्मचारीहरुले नै उपचार खर्च लिने बिषयमा सल्लाह सुझाव दिएको र गरिब नेपालीहरुलाई निशुल्क उपचार गर्न नसकिएसम्म कुनै उपचार खर्च नलिने स्पष्ट पारेको उनले बताए। 

प्रकाशित मिति: १५:०४ बजे, शुक्रबार, भदौ १, २०८०
NTCNTC
Jaga shaktiJaga shakti
प्रतिक्रिया दिनुहोस्