निजामती कर्मचारी स्थायी सरकार : देउवा
शुक्रबार कांग्रेसनिकट निजामती कर्मचारी युनियनको भेलालाई सम्बोधन गर्दै देउवाले उक्त भनाइ राखेका हुन्।
काठमाडौं, भदौ १ : नेपाली कांग्रेस कांग्रेसका सभापति एमव् पूर्व प्रधानमन्त्री शेरबहादुर देउवाले निजामती कर्मचारी स्थायी सरकार भएको बताएका छन्।
शुक्रबार कांग्रेसनिकट निजामती कर्मचारी युनियनको भेलालाई सम्बोधन गर्दै देउवाले उक्त भनाई राखेका हुन्।
‘हामी पार्टी आउने–जाने हो। निर्वाचित सरकार एउटा हुन्छ, स्थायी सरकार एउटा हुन्छ। कर्मचारी भनेको स्थायी सरकार हो,’ भेलामा देउवाले भने, ‘देशको विकास र समृद्धिका लागि निजामती कर्मचारी सशक्त बनेर काम गर्न लाग्नुपर्छ।’
देउवाले निजामती कर्मचारीलाई नेपाली कांग्रेसको साथ सहयोग रहने पनि बताए। यस्तै, उपप्रधान तथा रक्षामन्त्री पूर्णबहादुर खड्काले सङ्घीय निजामती सेवा ऐन संसदमा दर्ता हुने तयारीमा रहेको बताए।
‘सङ्घीय निजामती सेवा ऐन बनाउन ट्रेड युनियनको अधिकारमा गम्भीर ध्यान गएको छ,’ खड्काले भने।
प्रकाशित मिति: १३:२९ बजे, शुक्रबार, भदौ १, २०८०
प्रतिक्रिया दिनुहोस्
थप समाचार











