Kathmandu Press

विकासका कार्यमा राजनीति नगर्न प्रधानमन्त्री दाहालको आग्रह 

विकासका कार्यमा राजनीति नगर्न प्रधानमन्त्री दाहालको आग्रह 

काठमाडौं, भदाै १ : प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ले आउने पिंढीलाई उज्यालो भविष्य दिन विकासका कार्यमा राजनीति नगर्न आग्रह गरेका छन्। 

शुक्रबार काठमाडौंमा आयोजित नेपाल विद्युत प्राधिकरणको ३८औं वार्षिकोत्सवलाई सम्बोधन गर्दै प्रधानमन्त्री दाहालले नेपाली जनताको हित र विकास निर्माणका काममा सबै इमान्दार भएर एकजुट हुन आवश्यक भएको बताए। 

उनले भने, ‘आउने पिंढीलाई अँध्यारोमा राख्ने कि उज्यालो भविष्य दिएर जाने? भन्ने गम्भीर प्रश्न हाम्रो पुस्तालाई सदैव रहनेछ। एउटा आयोजना सम्पन्न हुन ५/६ वर्ष समय लाग्छ, तसर्थ हाम्रो पुस्ताले गुणस्तरीय सेवा प्राप्त गर्न र आउने पिंढीलाई उज्यालो भविष्य दिन, विकासका कार्यमा राजनीति गर्ने होइन सबै इमानदार भएर एकजुट हुन जरूरी छ।'

प्रधानमन्त्री दाहालले नेपालमा जलस्रोतको प्रचुर सम्भावनाको सदुपयोग गरी लाभ लिन नसकिएको स्वीकार गरे। खोला नाला बगिरहने तर त्यसबाट प्रचुर फाइदा लिन नसक्ने बिडम्बनापूर्ण अवस्थाको अन्त्य गर्न योजनावद्ध रूपमा काम गरिरहेको र अहिले देशभरका खोलानाला तथा नदीहरूमा जलविद्युत आयोजनाहरूको विकासका लागि केही न केही काम भइरहेको उनको भनाइ छ। 
 

प्रकाशित मिति: १३:१९ बजे, शुक्रबार, भदौ १, २०८०
NTCNTC
Jaga shaktiJaga shakti
प्रतिक्रिया दिनुहोस्