Kathmandu Press

संघीय निजामती सेवा ऐनलाई चाँडै संसदमा दर्ता गरेर पारित गरिन्छ : उपप्रधानमन्त्री खड्का

कांग्रेसनिकट नेपाल निजामती कर्मचारी युनियनको राष्ट्रिय भेला तथा विधान अधिवेशनमा बोल्ने क्रममा खड्काले २÷४ महिना अघि सुनिएको भन्दा फरक तरिकाले निजामती सेवा ऐन आउने जानकारी गराए।
संघीय निजामती सेवा ऐनलाई चाँडै संसदमा दर्ता गरेर पारित गरिन्छ : उपप्रधानमन्त्री खड्का

काठमाडौं, भदौ १ : उपप्रधान एवं रक्षामन्त्री पूर्णबहादुर खड्काले संघीय निजामती सेवा ऐनलाई चाँडो भन्दा चाँडो संसदमा दर्ता गरेर पारित गर्ने प्रतिबद्धता व्यक्त गरेका छन्। 

कांग्रेसनिकट नेपाल निजामती कर्मचारी युनियनको राष्ट्रिय भेला तथा विधान अधिवेशनमा बोल्ने क्रममा खड्काले  भने, ‘हामीले संघीय लोकतान्त्रिक गणतन्त्रको संविधान जारी गरिसकेपछि संविधानले परिकल्पना गरेको ऐनहरू अगाडि बढाउने विषयमा जति चाँडो ल्याउनुपर्थ्यो, सकेनौं। अहिले संघीय निजामती ऐनलाई चाँडै संसदमा दर्ता गराउने प्रतिबद्धता छ। लोक सेवाको रायपछि एक साताभित्रसंसदमा पेस हुन्छ ।’

संघीय निजामती ऐन बनाउँदा ट्रेड युनियनको अधिकारप्रति गम्भीर ध्यान गएको उनले बताए। कर्मचारीका हक हित, वृत्ति विकास, संविधानले दिएको अधिकारको संरक्षण हुने गरी ऐन आउने उनले जानकारी गराए।

संघ, प्रदेश र स्थानीय तहका लागि आवश्यक ऐनहरु जति छिटो ल्याउने भनिए पनि नसकिएकाे र अब भने चाँडै आउने उनाे भनाइ थियाे। अब निजामती सेवा ऐन सिंगो देश र जनताको हितमा बन्ने खड्काले बताए।

 

प्रकाशित मिति: १२:४२ बजे, शुक्रबार, भदौ १, २०८०
NTCNTC
Jaga shaktiJaga shakti
प्रतिक्रिया दिनुहोस्