Kathmandu Press

गोरखा पुगेर गृहमन्त्रीले भने– भ्रष्टाचारविरोधी अभियानमा भाँजो हाल्न भयो

गोरखाको अजिरकोट गाउँपालिकामा आयोजित कायक्रममा उनले श्रेष्ठले सरकारको अभियानले भ्रष्टाचारी, तस्कर, ठग र सुदखोरहरू आत्तिएको बताउँदै सरकारको यो अभियानमा भाँजो हाल्ने काम भएको बताए।
गोरखा पुगेर गृहमन्त्रीले भने– भ्रष्टाचारविरोधी अभियानमा भाँजो हाल्न भयो

गोरखा, भदौ १ : उपप्रधानमन्त्री एवं गृहमन्त्री नारायणकाजी श्रेष्ठले भ्रष्टाचारविरुद्धको अभियानमा भाँजो हाल्न काम भइरहेको बताएका छन्।

गोरखाको अजिरकोट गाउँपालिकामा आयोजित कायक्रममा उनले श्रेष्ठले सरकारको अभियानले भ्रष्टाचारी, तस्कर, ठग र सुदखोरहरू आत्तिएको बताउँदै सरकारको यो अभियानमा भाँजो हाल्ने काम भएको बताए।

‘भ्रष्टाचार, तस्करहरूविरुद्धको अभियान जति अघि बढ्दै गएको छ, आम मिटरब्याजपीडितलाई न्याय दिन मिटरब्याजीविरुद्धको अभियान चल्दैछ, जति–जति सुशासनको अभियान चल्दैछ, भ्रष्टाचारी, तस्कर, ठग, सुदखोर, अपराधीहरू आत्तिएका छन्,’ गृहमन्त्री श्रेष्ठले भने ।

उनले राम्रो काम गर्न खोज्दा नराम्राहरूले सहजै अघि बढ्न नदिने प्रवृत्ति रहेको बताए। उनले सरकारको भ्रष्टाचार विरुद्धको अभियानलाई कसरी रोक्न सकिन्छ भनेर विभिन्न षड्यन्त्रहरु भइरहेका बताए।

गृहमन्त्री श्रेष्ठले भ्रष्टाचारविरुद्धको अभियानमा कोही निर्दोष नफस्ने र अपराधी पनि नछुट्ने बताए।

प्रकाशित मिति: ११:५७ बजे, शुक्रबार, भदौ १, २०८०
NTCNTC
Jaga shaktiJaga shakti
प्रतिक्रिया दिनुहोस्