Kathmandu Press

संसदकाे अवराेध हटाउन प्रतिपक्षीसँग पहल गर्ने प्रधानमन्त्री दाहालको प्रतिबद्धता

सभामुख घिमिरेसँगको छलफलमा प्रधानमन्त्री दहालले आफू पनि सदन खुलाउन भूमिका खेल्ने बताउँदै सभामुख घिमिरेलाई पनि त्यसमा लाग्ने आग्रह गरेका थिए।
संसदकाे अवराेध हटाउन प्रतिपक्षीसँग पहल गर्ने प्रधानमन्त्री दाहालको प्रतिबद्धता

काठमाडौं, भदौ १ : करिब एक महिनादेखि अवरुद्ध संसद् खुलाउन प्रधानमन्त्री पुष्पकमल दाहाल पहल गर्ने प्रतिबद्धता व्यक्त गरेका छन्। शुक्रबार बिहान बालुवाटारमा सभामुख देवराज घिमिरेसँग भएको भेटमा प्रधानमन्त्री दाहालले सदन खुलाउन प्रमुख प्रतिपक्षी दलसँग पहल गर्ने प्रतिबद्धता व्यक्त गरेका हुन्।

सभामुख घिमिरेसँगको छलफलमा प्रधानमन्त्री दहालले आफू पनि सदन खुलाउन भूमिका खेल्ने बताउँदै सभामुख घिमिरेलाई पनि त्यसमा लाग्ने आग्रह गरेका थिए।

प्रधानमन्त्री दाहालसँगको भेटमा सभामुख घिमिरेले सदन अवरोध हुँदा प्राकृतिक विपत्तिलगायतका विषयमा सांसदहरूले बोल्न नपाएको बताएका थिए। उनले दलीय सहमतिबिना सदन अगाडि बढ्न सक्ने स्थिति नभएको बताउँदै आम जनताले पनि सदन अवरोधलाई राम्रो नमानेका जानकारी गराएका थिए।

सुन तस्करी प्रकरणको अनुसन्धानमा उच्चस्तरीय छानबिन आयोगको माग राखेर एमालेले लगातार संसद् अवरुद्ध गरेपछि संसदीय समितिको नेतृत्व चयन प्रभावित बनेको छ। अवरोधकै कारण सभामुखले साउन १० मा अघि सारेको कार्यसूचीमा संसद् प्रवेश गर्नै पाएको छैन।

प्रकाशित मिति: ११:०९ बजे, शुक्रबार, भदौ १, २०८०
NTCNTC
Jaga shaktiJaga shakti
प्रतिक्रिया दिनुहोस्