दुई संसदीय समितिका बैठक बस्दै
विधायन व्यवस्थापन समिति र दिगो विकास तथा सुशासन समितिका दुई वटा बैठक बस्न लागेका हुन् ।
काठमाडौं, भदौ १ : आज संघीय संसद् अन्तर्गतका दुई वटा समितिको बैठक बस्दैछ ।
विधायन व्यवस्थापन समिति र दिगो विकास तथा सुशासन समितिका दुई वटा बैठक बस्न लागेका हुन् ।
संघीय संसद् सचिवालयका अनुसार सो बैठक सिंहदबारमा बस्नेछ ।
विद्यायन समितिको बैठक बिहान ११ बजे बोलाइएको छ भने दिगो व्यवस्थापनको बैठक १ बजे बोलाइएको छ ।
प्रकाशित मिति: ०७:३९ बजे, शुक्रबार, भदौ १, २०८०
प्रतिक्रिया दिनुहोस्
थप समाचार