दिउँसो १२ बजेपछि दुर्गम क्षेत्रमा उडानमा लगाएको प्रतिबन्ध हट्यो
प्राधिकरणले अतिरिक्त समय अर्थात् १२ बजेपछि उडान गर्नु परे प्रमुख चालकले उडानअघि नै गन्तव्य, हवाई मार्ग र वैकल्पिक विमानस्थलमा भएको मौसमको सुनिश्चितता गराउनु पर्ने जनाएको छ।
काठमाडौं, साउन ३२ : नेपाल नागरिक उड्डयन प्राधिकरणले दिउँसो १२ बजेपछि दुर्गम क्षेत्रमा उडानमा लगाएको प्रतिबन्ध हटाएको छ।
नेपालमा हुने हवाई दुर्घटना मौसम खराबीका कारण हुने गरेको भन्दै प्राधिकरणले मनसुन अवधिभर बिहान ६ बजेदेखि दिउँसो १२ बजेसम्म मात्रै उडान समय तोकेको थियो।
१२ बजेपछि मौसम सफा रहे पनि उडान हुन नसक्दा कर्णालीमा बिरामी र सुत्केरीको ज्यान जान थालेको भन्दै विरोध भएको थियो। प्राधिकरणले यो नियम उद्धारमा लागु नहुने भने पनि उडान हुन सकेको थिएन।
प्राधिकरणले अतिरिक्त समय अर्थात् १२ बजेपछि उडान गर्नु परे प्रमुख चालकले उडानअघि नै गन्तव्य, हवाई मार्ग र वैकल्पिक विमानस्थलमा भएको मौसमको सुनिश्चितता गराउनु पर्ने जनाएको छ।
त्यस्तै दुर्गममा उडान गर्ने वायु सेवा कम्पनीले नेपालगञ्जमा हवाई अपरेसन अफिस स्थापना गरेर अपरेसनका सम्पूर्ण कार्य गर्नुपर्ने नियमसमेत लागू गरेको छ ।