Kathmandu Press

प्रदीप गिरिको प्रथम स्मृति दिवसमा काठमाडौंदेखि र काशीसम्मको यात्रा

प्रदीप गिरिको प्रथम स्मृति दिवसमा काठमाडौंदेखि र काशीसम्मको यात्रा

काठमाडौं, साउन ३२ : कांग्रेस नेता एवं समाजवादी चिन्तक प्रदीप गिरिको प्रथम स्मृति दिवसमा काठमाडौंदेखि र काशीसम्मको यात्रा गरिने भएको छ।

गत भदौ ४ मा निधन भएका गिरीको स्मृतिमा आउने शनिबार (भदौ २ गते) पशुपतिनाथकाे मन्दिरबाट यात्रा सुरू हुनेछ। काठमाडौं–काशी यात्राको उद्घाटनसहित बिदाइ कांग्रेस सभापति शेरबहादुर देउवाले गर्नेछन्। गिरीको स्मृतिमा ‘लोक एवम् सेतु गाथा’ अन्तर्गत हुने यात्रामा २५ देखि ३० जनाको टोली सहभागी हुनेछ।

साे अवसरमा भदौ ४ गते भारतको वाराणसीमा स्मृति कार्यक्रम गरिनेछ। उक्त कार्यक्रममा कांग्रेस आईका उच्च तहका नेता सहभागी हुने जनाइएको छ।

यात्राको क्रममा हेटौंडा, वीरगञ्जमा समेत श्रद्धाञ्जली कार्यक्रममा राखिएको छ। नेपाल र भारतको लोकतान्त्रिक आन्दोलनमा गिरिको योगदान रहेकाले दुई देशमा स्मृति कार्यक्रम राखिएको बताइएकाे छ।

प्रकाशित मिति: १७:५२ बजे, बिहीबार, साउन ३२, २०८०
NTCNTC
Jaga shaktiJaga shakti
प्रतिक्रिया दिनुहोस्