कांग्रेस सांसद सुनिल शर्मालाई गलत समयमा पक्राउ गरिएको हाे : अर्जुननरसिंह केसी
बिहीबार सिंहदरबारमा सञ्चारकर्मीसँग कुरा गर्दै केसीले सुन तस्करी प्रकरणमा गृहमन्त्री र अर्थमन्त्रीका विरुद्ध अभिव्यक्ति दिएपछि नै शर्मालाई पक्राउ गर्नुले निरंकुश प्रवृति हो कि भन्ने प्रश्न उठेको समेत बताए।
काठमाडाैं, साउन ३२ : नेपाली कांग्रेसका नेता अर्जुननरसिंह केसीले कांग्रेस सांसद सुनिल शर्मालाई सरकारले गलत समयमा पक्राउ गरेको बताएका छन्।
बिहीबार सिंहदरबारमा सञ्चारकर्मीसँग कुरा गर्दै केसीले सुन तस्करी प्रकरणमा गृहमन्त्री र अर्थमन्त्रीका विरुद्ध अभिव्यक्ति दिएपछि नै शर्मालाई पक्राउ गर्नुले निरंकुश प्रवृति हो कि भन्ने प्रश्न उठेको समेत बताए।
उनले जुनसुकै भ्रष्टाचार प्रकरणमा सरकारले गर्ने अनुसन्धानलाई कांग्रेसले सहयोग गर्ने उल्लेख गरे। भ्रष्टाचार प्रकरणको अनुसन्धानलाई सरकारले गर्ने अनुसन्धानलाई नजिकबाट हेरिरहेको उनको भनाइ छ।
उनले देश तस्करहरुको स्वर्गको रुपमा परिणत भएकाले यसलाई बन्द गर्न पनि अनुसन्धानलाई निष्कर्षमा पुराउनुपर्ने धारणा राखे।
प्रकाशित मिति: १७:०३ बजे, बिहीबार, साउन ३२, २०८०
प्रतिक्रिया दिनुहोस्
थप समाचार