Kathmandu Press

भुटानी प्ररकणका सबै मुद्दा एकसाथ राखेर उच्चमा सुनुवाइ हुने

उच्च अदालत पाटनका न्यायाधीशद्वय हरिप्रसाद पौडेल र किरणकुमार पोखरेलको इजलासले भुटानी शरणार्थी प्रकरणका सबै मुद्दालाई एकै ठाउँमा राखेर इजलासमा पेश गर्न आदेश दिएको हो।
भुटानी प्ररकणका सबै मुद्दा एकसाथ राखेर उच्चमा सुनुवाइ हुने

काठमाडौं, साउन ३२ : उच्च अदालत पाटनले नक्कली भुटानी शरणार्थी प्रकरणमा जोडिएका सबै मुद्दामा एकैसाथ सुनुवाइ गर्ने भएको छ। 

उच्च अदालत पाटनका न्यायाधीशद्वय हरिप्रसाद पौडेल र किरणकुमार पोखरेलको इजलासले भुटानी शरणार्थी प्रकरणका सबै मुद्दालाई एकै ठाउँमा राखेर इजलासमा पेश गर्न आदेश दिएको हो।

निलम्बित सचिव टेकनारायण पाण्डेसहितको निवेदनमा सुनुवाइ गर्दै उक्त आदेश भएको मुद्दामा वहश गर्न पुगेका पाण्डेका कानुनव्यवसायीले बताएका छन्। 

नक्कली भुटानी शरणार्थी प्रकरणमा पुर्पक्षका लागि थुनामा रहेका निलम्बित सचिव पाण्डे, पूर्व सांसद आङटावा शेर्पासहित १० जना प्रतिवादीले जिल्ला अदालत काठमाडौंको आदेश विरुद्ध उच्चमा निवेदन दिएका छन्। उक्त निवेदनमा बिहीबार सुनुवाईका लागि पेसी तोकिएको छ। 

यसअघि एकल उच्च अदालत पाटनले जिल्लाबाट कैफियत प्रतिवेदन झिाइसकेको छ। अब उच्चले जिल्लाको फैसला सदर गर्ने कि धरौटी वा साधारण तारेखमा रिहा गर्ने निर्णय सुनाउने छ। 
 
प्रकाशित मिति: १५:१६ बजे, बिहीबार, साउन ३२, २०८०
NTCNTC
Jaga shaktiJaga shakti
प्रतिक्रिया दिनुहोस्