Kathmandu Press

खाँदबारी कारागारमा पाशविक यातना दिएर दुई कैदीको हत्या गरिएको निष्कर्ष 

स्थलगत अनुगमनमा गएको मानवअधिकारकर्मीको टोलीले प्रहरीको क्रुर यातना दिएका कारण कारागारमा मृत्यु भएको निष्कर्ष निकालेको हो।
खाँदबारी कारागारमा पाशविक यातना दिएर दुई कैदीको हत्या गरिएको निष्कर्ष 

काठमाडौं, साउन ३२ : संखुवासभा जिल्ला कारागार खाँदबारीमा पाशविक यातनाका कारण दुई कैदीको मृत्यु भएको निष्कर्ष निकालिएको छ।

स्थलगत अनुगमनमा गएको मानवअधिकारकर्मीको टोलीले प्रहरीको क्रुर यातना दिएका कारण कारागारमा मृत्यु भएको निष्कर्ष निकालेको हो।

गत बुधबारसंखुवासभा मादी नगरपालिका–५ का २० वर्षीय विनोद तोलांगी र नुवाकोटको ककनी गाउँपालिका–७ का २८ वर्षीय आकाश बलामीको कारागार भित्रैमृत्यु भएको थियो।

कारागारभित्रै कुटपिट गरेर हत्या गरेपछि बिहान मात्रै उनीहरुलाई अस्पताल लगेको निष्कर्ष स्थलगत अध्ययनमा पुगेका अधिकारकर्मीहरुले निकालेका छन्। कारागारबाट भाग्ने प्रयास गरेका उनीहरुलाई प्रहरीले नियन्त्रणमा लिएर कुटपिट गरी हत्या गरिएको अनुगमन टोलीको निष्कर्ष छ।

मृतकमाथि रड र लाठी प्रहार भएको अनुगमन टोलीको निश्कर्ष छ। बाहिर क्रुर यातना दिएपछि अन्तिम अवस्थामा घटनालाई लुकाउन प्रहरीले कारागार भित्र बुझाएको अनुगमनका क्रममा देखिएको छ।

यसैबीच प्रहरीले प्रहरी सहायक निरीक्षक (असई) लक्ष्मी चौधरीलाई नियन्त्रणमा लिएको छ। पक्राउ पूर्जी जारी भएपछि निमित्त जेलर राजेन्द्र घिमिरे फरार रहेको जनाइएको छ।
 

प्रकाशित मिति: १४:५१ बजे, बिहीबार, साउन ३२, २०८०
NTCNTC
Jaga shaktiJaga shakti
प्रतिक्रिया दिनुहोस्