Kathmandu Press

रेशम चाैधरीको कैद माफी मिनाहामा सर्वोच्च अदालतले उठायो गम्भीर प्रश्न  (पूर्णपाठ)

सर्वोच्चले माफी मिनाहाको निर्णयमाथि गंभिर प्रश्नसमेत उठाएको छ। सर्वोच्चका न्यायाधीशद्वय डा.आनन्दमाहेन भट्टराई र नहकुल सुवदीको संयुक्त इजलासले गत जेठ २ गते गरेको फैसलाको पूर्ण पाठ अहिले आएर सर्वाजनिक भएको हो।
रेशम चाैधरीको कैद माफी मिनाहामा सर्वोच्च अदालतले उठायो गम्भीर प्रश्न  (पूर्णपाठ)

काठमाडौं, साउन ३२ : सर्वोच्च अदालतले नागरिक उन्मुक्ति पार्टीका संरक्षक एवं पूर्वसांसद रेशम चौधरीमाथिको जन्मकैद माफी मिनाहामाथि प्रश्न उठाउँदै टिकापुर हिंसा क्रुर र अमानवीय रहेको ठहर गरेको छ। 

सर्वोच्च अदालतको अन्तिम फैसलाको पूर्ण पाठमा भनिएको छ, ‘रेशम चौधरी नेतृत्वको भीडले जीवनदानको भिख मागेका ८ जना प्रहरी कर्मचारीलाई लाठी, ढुङ्गा, बन्चरो प्रहार गरी, आँखामा भाला रोपी शरीरमा खर, पेट्रोल, मट्टीतेल खन्याई जलाउने र शवहरू क्षत–विक्षत गर्ने जस्तो सभ्य समाजको अपेक्षा र मानवीय चेतना विरुद्ध अत्यन्त अमानवीय, क्रुर र निर्मम ढङ्गले ज्यान मारेको देखिन आई कसुर शङ्का रहित तवरले पुष्टि हुन आयो ।’ 

सर्वोच्चले माफी मिनाहाको निर्णयमाथि गंभिर प्रश्नसमेत उठाएको छ। सर्वोच्चका न्यायाधीशद्वय डा.आनन्दमाहेन भट्टराई र नहकुल सुवदीको संयुक्त इजलासले गत जेठ २ गते गरेको फैसलाको पूर्ण पाठ अहिले आएर सर्वाजनिक भएको हो।

मन्त्रिपरिषदको सिफारिसमा राष्ट्रपति रामचन्द्र पौडेलद्वारा माफी मिन्हाको निर्णय भएको थियो । सर्वोच्चले संविधानले कानुन अनुसार मात्रै माफी मिनाहा र मुल्तवी हुन सक्ने समेत बताएको छ। पूर्ण फैसला अंश यस्तो छ : 

प्रकाशित मिति: १४:३४ बजे, बिहीबार, साउन ३२, २०८०
NTCNTC
Jaga shaktiJaga shakti
प्रतिक्रिया दिनुहोस्