सरकारले नाङ्लो ठटाएर हात्ति तर्साउन खोज्यो : ओली
‘एउटा सिटिङ एमपी त्यसमा पनि गठबन्धनको एमपीलाई समातेर दुनियाँलाई तर्साउन खोज्या होइन यो? नाङ्लो ठटाएर हात्ती तर्साउने भन्छन् नी, यो नाङ्लो ठटाएको हो,’ उनले भने।
काठमाडौं, साउन ३१ : एमाले अध्यक्ष केपी ओलीले सरकारले नाङ्लो ठटाएर हात्ती तर्साउन खोजेको टिप्पणी गरेका छन्।
एमाले निटक उद्योग विभागले आयोजना गरेको कार्यक्रममा उनले सांसद सुनिल शर्माको गिरफ्तारी नाङ्लो ठटाउने सरकारी प्रयास भएको दाबी गरे।
‘एउटा सिटिङ एमपी त्यसमा पनि गठबन्धनको एमपीलाई समातेर दुनियाँलाई तर्साउन खोज्या होइन यो? नाङ्लो ठटाएर हात्ती तर्साउने भन्छन् नी, यो नाङ्लो ठटाएको हो,’ उनले भने।
सरकारले कुनै पनि राम्रो काम गर्न नसकेको आरोप पनि उनले लगाए। दिनभरी ऋण खोजेर चुलो बाल्नेले उद्योग खोल्न नसक्ने भन्दै सरकारले मुलुकको आर्थिक अवस्था कमजोर बनाउँदै लगेको आरो पनि उनले लगाए ।
सरकारले आर्थिक वर्षको सुरुदेखि नै आन्तरिक ऋण उठाउन थालेको भन्दै अलि पछि के गर्ला भन्दै चिन्ता व्यक्त गरे।
यस्तै, ओलीले सुन तस्करी प्रकरणमा छानविन आयोग गर्न गर्नुपर्ने माग गर्दा त्यसलाई अस्वीकार गरेर सुनको तौल नै घटेको जिकिर गरे। उनले सरकारको छानविन आयोग बन्न नदिएको सफलता सय किलोबाट घटेर ६१ किलोमा झर्नु भएको बताए।
ओलीले विमानस्थलबाट किलोका किलो सुन तस्करी हुँदा सडकमार्गबाट त्यो भन्दा पनि बढि सुन तस्करी भएको हुनसक्ने आशंका गरे। उनले सुन तस्करीमा अरबौंको लगानी गर्ने व्यक्तिलाई लुकाउन उच्चस्तरीय छानविन समिति गठन गर्न नदिएको बताए।











