Kathmandu Press

कमिसन खान छुट्टै खाता खोलेको अभियोगमा सातजनाविरुद्ध भ्रष्टाचार मुद्दा 

प्रमुख प्रशासकीय अधिकृत अर्यालविरुद्ध १३ लाख ४५ हजार रुपैयाँ भ्रष्टाचार गरेको भन्दै बिगो दाबी गरिएको छ। यस्तै उनका छोरा पवनकुमार अर्यालविरुद्ध  मतियारको कसुरमा उति नै बिगो दाबी गरिएको छ।
कमिसन खान छुट्टै खाता खोलेको अभियोगमा सातजनाविरुद्ध भ्रष्टाचार मुद्दा 

काठमाडौं, साउन ३१ : भ्रष्टाचारको अभियोगमा अख्तियार दुरुपयोग अनुसन्धान आयोगलेरुपन्देहीको मर्चवारी गाउँपालिकाका तत्कालीन प्रमुख प्रशासकीय अधिकृत लक्ष्मण अर्यालसहित सातजनाविरुद्ध मुद्दा दायर भएको छ। 

अख्तियारको अनुसन्धानबाट विकास निर्माणका परियोजनाबाट कमिसन खान छुट्टै खाता खोलेर लाखौँ भ्रष्टाचार गरेको तथ्य भेटिएपछि उनीहरूविरुद्ध बुधवार विशेष अदालतमा मुद्दा दायर भएको हो। प्रमुख प्रशासकीय अधिकृत अर्यालविरुद्ध १३ लाख ४५ हजार रुपैयाँ भ्रष्टाचार गरेको भन्दै बिगो दाबी गरिएको छ। यस्तै उनका छोरा पवनकुमार अर्यालविरुद्ध  मतियारको कसुरमा उति नै बिगो दाबी गरिएको छ।

भ्रष्टाचारमा वडासचिव गुलाव यादवविरुद्ध दुई लाख, वडा नम्बर ३ का तत्कालीन वडाध्यक्ष नारायणबहादुर यादवविरुद्ध पाँच लाख, समृद्ध नेपाल इनर्जी, रुपन्देहीका प्रोपाइटर विनोदबाबु तिवारीविरुद्ध ८५ हजार, तत्कालीन गाउँ कार्यपालिका सदस्य राजेश हरिजनविरुद्ध तीन लाख ६० हजार र मानसरोवर टेक्निकल ट्रेनिङ इन्स्टिच्युट, रुपन्देहीका प्रोप्राइटर अमरिश यादवविरुद्ध दुई लाख बिगो दाबी गरिएको छ। 
 

प्रकाशित मिति: १७:४२ बजे, बुधबार, साउन ३१, २०८०
NTCNTC
Jaga shaktiJaga shakti
प्रतिक्रिया दिनुहोस्