Kathmandu Press

विमानस्थलको सुरक्षा व्यवस्था सुधार गर्न कार्यदल बनाइने प्रधानमन्त्रीको भनाइ 

विमानस्थलको सुरक्षा प्रबन्ध र सरकारले चाल्नुपर्ने कदमबारे छलफल गर्न बुधवार मन्त्रिपरिषद्को कार्यालय सिंहदरबारमा भएको छलफलमा प्रधानमन्त्री पुष्पकमल दाहालले उक्त जानकारी दिएका हुन्।
विमानस्थलको सुरक्षा व्यवस्था सुधार गर्न कार्यदल बनाइने प्रधानमन्त्रीको भनाइ 

काठमाडौँ, साउन ३१ : त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलको समग्र व्यवस्थापन सुधार र सुरक्षा अवस्थाबारे अध्ययन गर्न कार्यदल बन्ने भएको छ। 

विमानस्थलको सुरक्षा प्रबन्ध र सरकारले चाल्नुपर्ने कदमबारे छलफल गर्न बुधवार मन्त्रिपरिषद्को कार्यालय सिंहदरबारमा भएको छलफलमा प्रधानमन्त्री पुष्पकमल दाहालले उक्त जानकारी दिएका हुन्।

प्रधानमन्त्री दाहालले त्रिभुवन विमानस्थलको समग्र व्यवस्थापन र सुरक्षा व्यवस्थामा व्यापक हेरफेर ल्याइनुपर्ने पनि बताए । दाहालले छलफलमा भने, ‘छिट्टै विज्ञहरू र सरोकारवाला निकाय तथा कार्यालयका प्रतिनिधिहरू रहेको सानो कार्यदल बनाइन्छ।

त्यो कार्यदललाई अध्ययनका लागि छोटो समय दिइन्छ र कार्यदलले दिएको रिपोर्टअनुसार विमानस्थलको सुरक्षा प्रबन्धमा हेरफेर ल्याउनुपर्छ। हामी छिट्टै एउटा निर्णयमा पुग्छौं।’

यस्तै, छलफलमा उपप्रधान तथा रक्षामन्त्री पूर्णबहादुर खड्काले अपराधमा नयाँ नयाँ प्रविधि र तौरतरिकाको प्रयोग भएको बताउँदै देशको समग्र सुरक्षा अवस्था र चुनौतीबारे गम्भीर अध्ययन गरी त्यसका आधारमा नयाँ सुरक्षा व्यवस्था लागू गर्नुपर्ने बताए।

अपराधको सञ्जाल तोड्न सरकार कठोररूपमा उभिने भनाई समेत खड्काको थियो। अर्थमन्त्री प्रकाशशरण महतले सुरक्षा व्यवस्थापन प्रभावकारी बनाउन राज्यका निकायहरूबीच अन्तरनिकाय समन्वय थप चुस्त बनाउनुपर्ने बताए। 
 
प्रकाशित मिति: १७:३४ बजे, बुधबार, साउन ३१, २०८०
NTCNTC
Jaga shaktiJaga shakti
प्रतिक्रिया दिनुहोस्