Kathmandu Press

सुन तस्करी प्रकरणमा चार चिनियाँ नागरिक पक्राउ

नेपाल प्रहरीको केन्द्रीय अनुसन्धान ब्युरो (सिआइबी) ले ३ महिला र एक पुरुष गरी चारजना पक्राउ गरिएको हो।
सुन तस्करी प्रकरणमा चार चिनियाँ नागरिक पक्राउ

काठमाडौं, साउन ३१ : ६० किलो सुन तस्करी प्रकरणमा चार चिनियाँ नागरिक पक्राउ परेका छन्।

नेपाल प्रहरीको केन्द्रीय अनुसन्धान ब्युरो (सिआइबी) ले ३ महिला र एक पुरुष गरी चारजना पक्राउ गरिएको हो।

मंगलबार राति राजधानीका विभिन्न स्थानबाट पक्राउ परेका ती चिनियाँ नागरिकमा तियान मी, विन तङ, डिङ सेग्फा र ली नेंकाई छन्।

उनीहरुलाई राजस्व छली तथा संगठित अपराधको कसुरमा अनुसन्धानका लागि म्याद थप गर्न जिल्ला अदालत काठमाडौं लगिएको बताइएको छ।

राजश्व अनुसन्धान विभागले साउन ३ मा सुनसहितको १५५ किलो ब्रेक शु बरामद गरेको थियो। गालेर जोख्दा भने सुन ६० किलो मात्रै भएको खुलेको थियो।

विभागले गरेको पत्राचारका आधारमा कालोसूचीमा परेका तीन चिनियाँ नागरिकलाई अध्यागमन विभागले पक्राउ गरेर सोमबार सिआइबीले लाई बुझाए पनि तीमध्ये कसैको पनि सुन तस्करी प्रकरणमा संलग्नता नदेखिएको भन्दै छाडिएको छ।

राजस्व अनुसन्धान विभागले १९ दिनपछि अनुसन्धानको जिम्मा सिआइबीलाई दिएको थियो।

प्रकाशित मिति: १६:५२ बजे, बुधबार, साउन ३१, २०८०
NTCNTC
Jaga shaktiJaga shakti
प्रतिक्रिया दिनुहोस्