Kathmandu Press

‘गाईजात्रा’ को तयारीमा कलाकार

हास्य कलाकार ‘गाईजात्रा’को प्रस्तुति दिने तयारीमा छिन्। शिवशङ्कर रिजाल ‘जोगिन्दर’ ले ‘लुछाचुँडी’  नामक प्रहसन सार्वजनिक गरिसकेका छन्।
‘गाईजात्रा’ को तयारीमा कलाकार

काठमाडौं, साउन ३१ : ‘गाईजात्रा’लाई हास्य कलाकारले भव्य रूपमा मनाउने गर्छन्। सो दिन समाजमा देखिएको विकृतिलाई उनीहरूले आफ्नो प्रहसनमार्फत प्रस्तुत गर्ने गर्छन्। यसले समाजलाई हाँस्य शैलीमा भए पनि त्यसको नकारात्मकताबारे सचेत गराइन्छ। यद्यपि केही वर्षदेखि हास्य कलाकारमाझ नै यसको उत्साह घटेको पाइन्छ। 

कुनै समय काठमाडौँमा दुईदेखि तीन समूहसम्मले गर्ने ‘गाईजात्रा’ प्रहसन अहिले एक ठाउँमा मुस्किलले हुन्छ। वर्षभरिका राजनीतिक, सामाजिकलगायतका विकृतिप्रति खुलेर व्यङ्ग्य प्रहार गर्ने पर्वलाई भौतिकसँगै डिजिटलरूपमा मनाउने तयारीमा कलाकार जुटेका छन्। हास्य कलाकार जितु नेपाल ‘कमेडी टुर’सँगै डिजिटलरूपमा समेत प्रस्तुतिको तयारी गरिरहेका छन्। 

Hardik ivf

उनले भने, 'डिजिटलरूपमा एक साताको प्रस्तुति तयार गर्दैछु, यसबाहेक कमेडी टुर गर्दैछु, जनप्रतिनिधिले जनताको गुमाइरहेको विश्वास र दायित्व भुल्नुभएको विषयमा व्यङ्ग्य गर्दैछु।' कोरोनाका कारण भएको बन्दाबन्दीपछि भौतिक रूपले नभइरहेको ‘गाईजात्रा’ यसपटक कमलादीस्थित प्रज्ञा भवनमा हाँस्य कलाकार मनोज गजुरेलले आफ्नो समूहसँग गर्दै हुनुहुन्छ। उनले पहिलो चरणमा पूर्वी नेपाल, दोस्रो चरणमा काठमाडौँ र तेस्रो चरणमा पश्चिम नेपालमा आफ्नो समूहको प्रहसन प्रस्तुत हुने जानकारी दिए। 

यस्तै हाँस्य कलाकार मदनकृष्ण श्रेष्ठ, हरिवंश आचार्य, सन्तोष पन्त, किरण केसी, राजाराम पौडेल, दीपकराज गिरी, केदार घिमिरेलगायत कार्यक्रमको तयारीमा हुनुहुन्न। विशेषतः ठूलो पर्दामा काम गर्न थालेपछि हांस्य कलाकार गिरीलगायतको समूहले कार्यक्रम गरेकाे छैन। स्वास्थ्य अवस्थाका कारण ‘मह जोडी’ले पनि कार्यक्रम नगरेको लामो समय भइसकेको छ। यद्यपि निर्देशक तथा अभिनेत्री दीपाश्री निरौला भने ‘रेडियो अडियो’मार्फत ‘गाईजात्रा’को प्रस्तुति दिने तयारीमा छिन्। 

विसं २०६१ देखि निरन्तर क्यासेट, सिडी हुँदै युट्युबमा आफ्नो प्रहसन तयार गरिरहेका हास्य कलाकार शिवशङ्कर रिजाल ‘जोगिन्दर’ ले ‘लुछाचुँडी’  नामक प्रहसन सार्वजनिक गरिसकेका छन्। 'गाईजात्राकै आसपासमा मोफसल टुर गर्दैछौँ, काठमाडौँमात्र केन्द्रित नभई नेपालभर गाईजात्राको रौनक बढाउने उद्देश्यले टुर गर्दैछौँ,' हास्यकलाकार रिजालले भने। 

प्रकाशित मिति: १६:३२ बजे, बुधबार, साउन ३१, २०८०
NTCNTC
Jaga shaktiJaga shakti
प्रतिक्रिया दिनुहोस्