Kathmandu Press

संघीय निजामती ऐनलाई यथाशीघ्र सदनमा प्रस्तुत गर्न सरकार प्रतिबद्ध : उपप्रधानमन्त्री खड्का

नेपाल निजामती कर्मचारी युनियनले बुधबार काठमाडौंमा गरेको प्रशिक्षण कार्यक्रममा खड्काले निजामती ऐनलाई पहिलेको तुलनामा धेरै उन्नत, समृद्ध र वैज्ञानिक बनाउन कोसिस भइरहेको भन्दै संसदको अहिलेको अधिवेशनमा नै दर्ता हुने समेत बताए।
संघीय निजामती ऐनलाई यथाशीघ्र सदनमा प्रस्तुत गर्न सरकार प्रतिबद्ध : उपप्रधानमन्त्री खड्का

काठमाडाैं, साउन ३१ : उपप्रधान एवं रक्षामन्त्री पूर्णबहादुर खड्काले संघीय निजामती ऐनलाई छिटोभन्दा छिटो सदनमा प्रस्तुत गर्न सरकार प्रतिबद्ध रहेको बताएका छन्।

नेपाल निजामती कर्मचारी युनियनले बुधबार काठमाडौंमा गरेको प्रशिक्षण कार्यक्रममा खड्काले निजामती ऐनलाई पहिलेको तुलनामा धेरै उन्नत, समृद्ध र वैज्ञानिक बनाउन कोसिस भइरहेको भन्दै संसदको अहिलेको अधिवेशनमा नै दर्ता हुने समेत बताए।

एक हप्ताभित्रै उक्त ऐन सदनमा प्रस्तुत गर्ने उहाले बताए। मन्त्री खड्काले सुशासन र सेवाप्रवाह तथा सविधानले सुनिश्चित गरेको अधिकार कार्यान्वनको विषयलाई सरकारले जोड पनि बताए।

उनले झन्झटिलो निर्णय प्रक्रियाका कारण लक्ष्य अनुरुप पुँजीगत खर्च नहुँदा विकास र समृद्धिका मुद्दा ओझेलमा पर्दैआएकामा सुधारको खाँचो आवश्यक रहेको जिकिर गरे।

उपप्रधानमन्त्री खड्काले राष्ट्रसेवक कर्मचारीबाट नागरिकमैत्री सेवाप्रवाहका कारण नेतृत्वका साथै संगठन नै सुदृढ हुने बताए।

प्रकाशित मिति: १५:४६ बजे, बुधबार, साउन ३१, २०८०
NTCNTC
Jaga shaktiJaga shakti
प्रतिक्रिया दिनुहोस्