चितवनमा आठ सवारी साधन आपसमा ठोक्किए, ७ जनाको अवस्था गम्भीर
भरतपुर महानगरपालिका ९ टिकौली जङ्गल नजिक भरतपुरबाट टाँडी तर्फ जादै गरेको ना १ क ६१३१ नं.को अक्सफोर्ड कलेजको बसले विपरित दिशाबाट ना २ च ८४४६ नम्बरको शव बोकेर देवघाट तर्फ जादै गरेको बोलेरोलाई ठक्कर दिदाँ सो दुर्घटना भएको थियो।
चितवन, साउन ३१ : चितवनमा ८ वटा सवारीमा आपसमा ठोक्किएका छन्। टिकौलीमा कलेज बस, बोलेरोसहित आठ सवारी साधन आपसमा ठोक्किँदा २० जना घाइते भएका छन्।
भरतपुर महानगरपालिका ९ टिकौली जङ्गल नजिक भरतपुरबाट टाँडी तर्फ जादै गरेको ना १ क ६१३१ नं.को अक्सफोर्ड कलेजको बसले विपरित दिशाबाट ना २ च ८४४६ नम्बरको शव बोकेर देवघाट तर्फ जादै गरेको बोलेरोलाई ठक्कर दिदाँ सो दुर्घटना भएको थियो। दुर्घटनामा घाइते भएका मध्ये ७ जनाको अवस्था गम्भीर रहेको प्ररहीले जनाएको छ।
उक्त दुर्घटनामा बा.प्र.०६–००१प ९९८१,बा.प्र.०३–००५प९७, ना ६२ प ६०३२, बा.प्र.०३–००१प ४१४७ का मोटरसाइक, बा.प्र.०६–००१प २२९४ र बा.प्र.०३–००२प ४१९८ नं.को स्कुटरसहित आठ सवारी साधन एक आपसमा ठक्किएको प्रहरीले जनाएको छ।
दुर्घटनामा खैरहनी-४ का कृष्णबहादुर तामाङ, हेटौडा-१४ बस्ने महोन तामाङ, खैरहनी–१का जितबहादुर तामाङ, भरतपुर-१४ बस्ने कुसुमबहादुर राना, सुरेश श्रेष्ठ र डोलबहादुर कार्की, भरतपुर-९ बस्ने किशोर तामाङ गम्भीर घाइते भएको प्रहरीले जनाएको छ।
उनीहरुको पुरानो मेडिकल कलेज भरतपुर र नयाँ मेडीकल कलेज भरतपुरमा उपचार भइरहेको प्रहरीले जनाएको छ।
प्रहरीले दुर्घटना स्थलबाट बस चालक नवलपुर गैडाकोट नगरपालिका ९ बस्ने २६ वर्षीय आशिष परियारलाई नियन्त्रणमा लिएर थप अनुसन्धान गरिरहेको छ ।











