Kathmandu Press

बढ्याे गाडीभाडा, कहाँबाट कहाँ पुग्न कति ? (सूचीसहित)

नेपाल आयल निगमले पेट्रोलियम पदार्थमा गरेको मूल्यवृद्धिसँगै यातायात व्यवस्था विभागले अन्तर प्रदेश सार्वजनिक यातायातमा यात्रुवाहक र मालवाहक सवारीको भाडा बढाएकाे हो।
बढ्याे गाडीभाडा, कहाँबाट कहाँ पुग्न कति ? (सूचीसहित)

काठमाडौं, साउन ३१ : डिजेलकाे भाउ बढेसँगै सार्वजनिक सवारीसाधनको भाडा बढेकाे छ।

नेपाल आयल निगमले पेट्रोलियम पदार्थमा गरेको मूल्यवृद्धिसँगै यातायात व्यवस्था विभागले अन्तर प्रदेश सार्वजनिक यातायातमा यात्रुवाहक र मालवाहक सवारीको भाडा बढाएकाे हो।

नयाँ भाडादर अनुसार अब यात्रुवाहक सवारीसाधनको भाडा ४.७० प्रतिशतले वृद्धि भएको छ। पहाडी बाटोमा सञ्चालन हुने मालवाहक सवारीसाधनको भाडा ६.१५ प्रतिशत र तराईको बाटोमा सञ्चालन हुने मालबाहक सवारी साधनको मूल्य ६.८३ प्रतिशतले बढेको हो।

बढेको भाडादर आजैबाट लागु भएको हो। विभागका अनुसार यो भाडा दुई वा सो भन्दा बढी प्रदेश अथवा राष्ट्रिय स्तरमा सञ्चालन हुने सार्वजनिक यातायातमा मात्र लागु हुने भएको छ।

निगमले साउनयता डिजेलमा २१ रुपैयाँ प्रतिलिटर मूल्य बढाएपछि स्वचालित प्रणाली अनुसार भाडा बढाउने निर्णय भएको विभागको भनाइ छ। मंगलबार मात्र पेट्रोलमा प्रतिलिटर ५ रुपैयाँ र डिजेल तथा मट्टीतेलमा प्रतिलिटर १४ रुपैयाँ बढाइएको हाे।

हेर्नुहोस् भाडासूची 

Long-route-buss-bhada01-768x9941692173984.jpg

Long-route-buss-bhada02-768x9941692173984.jpg

Long-route-buss-bhada03-768x9941692173984.jpg

Long-route-buss-bhada04-768x9941692173983.jpg

Long-route-buss-bhada05-768x9941692173983.jpg

Long-route-buss-bhada06-768x9941692173982.jpg

Long-route-buss-bhada07-768x9941692173982.jpg

Long-route-buss-bhada08-768x9941692173982.jpg

Long-route-buss-bhada09-768x9941692173981.jpg

Long-route-buss-bhada10-768x9941692173980.jpg

Long-route-buss-bhada11-768x9941692173980.jpg

Long-route-buss-bhada12-768x9941692173978.jpg

Long-route-buss-bhada13-1187x15361692173977.jpg

Long-route-buss-bhada14-768x9941692173977.jpg

प्रकाशित मिति: १३:५४ बजे, बुधबार, साउन ३१, २०८०
NTCNTC
Jaga shaktiJaga shakti
प्रतिक्रिया दिनुहोस्