Kathmandu Press

निर्वाचन विवादका १६ वटा रिट सुनुवाईका लागि संवैधानिक इजलासमा

नौ महिनापछि मुद्दाको पेशी तोकिएको हो । नेकपा एकीकृत समाजवादी पार्टीका झलनाथ खनालसहित १६ उम्मेदवारले दिएको निवेदनमा सुनुवाई तय भएको हो।
निर्वाचन विवादका १६ वटा रिट सुनुवाईका लागि संवैधानिक इजलासमा

काठमाडौं, साउन ३१ : गत मंसिर ४ गते सम्पन्न भएको प्रतिनिधि सभा निर्वाचनसम्वन्धी  दायर भएका १६ निवेदनहरु बुधवार सुनुवाईका लागि एक साथ सर्वोच्च अदालतको संवैधानिक इजलासमा पेश तय भएको छ।

नौ महिनापछि मुद्दाको पेशी तोकिएको हो । नेकपा एकीकृत समाजवादी पार्टीका झलनाथ खनालसहित १६ उम्मेदवारले दिएको निवेदनमा सुनुवाई तय भएको हो।

अघिल्लो वर्षको निर्वाचन परिणाममा चित्त नबुझेर सर्वोच्चको संवैधानिक इजलासमा दिएका निवेदन समेत अहिलेसम्ममै विचाराधीन अवस्थामै छन् । नेकपा एकीकृत समाजवादीका नेता झलनाथ खनालले इलाम २ मा प्रतिनिधि सभा निर्वाचनमा पराजित भएपछि धाँधली भएको आरोप लगाउँदै सर्वोच्च पुगेका थिए । खनालले मतदान बदर गरी पुनः मतदानको माग गरेका छन्।

राष्ट्रिय स्वतन्त्र पार्टीका गणेश पौडेलले नेकपा एमालेका उपाध्यक्ष विष्णु पौडेल निर्वाचित भएको रुपन्देही क्षेत्र नम्बर २ मा पुनः मतगणना गर्न माग गर्दै दायर गरेको रिटमा पनि सुनुवाईको पेशी तोकिएको छ।

यस्तो निर्वाचनमा पराजित सांसद महेन्द्र यादव, कर्णबहादुर थापा, उमाशंकर अगरियासहित केही कानुन व्यवसायीले निर्वाचनसँग जोडिएको विषयमा विवाद उठाउँदै रिट दायर गरेका थिए।

 

प्रकाशित मिति: १४:२७ बजे, बुधबार, साउन ३१, २०८०
NTCNTC
Jaga shaktiJaga shakti
प्रतिक्रिया दिनुहोस्