Kathmandu Press

भ्रष्टाचारका ठुला मुद्दामा सरकारी निकायबाटै छानबिन हुन्छ : सञ्चारमन्त्री शर्मा

प्रेस सेन्टर दाङले बुधवार घोराहीमा गरेको पत्रकार सम्मेलनमा बोल्दै मन्त्री शर्माले सरकारी निकायबाटै गम्भीर रुपमा अनुसन्धान भइरहेकाले मुद्दाको टुंगाे लगाएरै छोड्ने बताए।
भ्रष्टाचारका ठुला मुद्दामा सरकारी निकायबाटै छानबिन हुन्छ : सञ्चारमन्त्री शर्मा

काठमाडाैं, साउन ३१ : सञ्चार तथा सुचना प्रविधिमन्त्री रेखा शर्माले भ्रष्टाचारका ठुला मुद्दाहरुमा सरकारी निकायबाटै छानबिन गरी निष्कर्षमा पुग्ने बताएकी छन्।

प्रेस सेन्टर दाङले बुधवार घोराहीमा गरेको पत्रकार सम्मेलनमा बोल्दै मन्त्री शर्माले सरकारी निकायबाटै गम्भीर रुपमा अनुसन्धान भइरहेकाले मुद्दाको टुंगाे लगाएरै छोड्ने बताइन्।

भ्रष्टाचारका मुद्दामा संलग्न आफ्नै घर परिवारका मान्छेलाई समेत नछोड्ने प्रधानमन्त्रीले नै प्रतिवद्धता व्यक्त गरिसकेकाले मुद्दालाई निष्कर्षमा पुर्‍याउने मन्त्री शर्माले विश्वास व्यक्त गरिन्।

सरकारका प्रवक्ता समेत रहनुभएका शर्माले विगतका सरकार सञ्चालन गर्ने व्यक्तिले गरेको गलत कामकै कारण व्यवस्था माथिनै प्रश्न उठ्ने गरेको भन्दै व्यवस्था खराब नभएको उल्लेख गरिन्।

भ्रष्टचार, अनियमितताका विरुद्धमा लड्न सरकारलाई सबैको साथ र सहयोग आवश्यक पर्नेमा मन्त्री शर्माले जोड दिइन्। 

प्रकाशित मिति: १३:३३ बजे, बुधबार, साउन ३१, २०८०
NTCNTC
Jaga shaktiJaga shakti
प्रतिक्रिया दिनुहोस्